Samriddhipost
२०८३ साउन ३१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ३२ गते बिहिबार

सरकारले गरेका ७ निर्णय यस्ता छन्

नेपाल सरकार, मन्त्रिपरिषद्‌को २०८३ असार ३२ गतेको बैठकका मुख्य निर्णयहरू


१ अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
२  रू. 1 र 2 दरका नयाँ डिजाइनका सिक्का टक‌मरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने।
३ नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।
४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट संरक्षित क्षेत्र भित्रको राष्ट्रिय वनक्षेत्रमा रहेका रूख/पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख/पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने।
५ विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरवन्दी स्वीकृत गर्ने।
६ नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) (पहिलो संसोधन) आदेश, २०83 स्वीकृत गर्ने।
७ सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गर्ने।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>