सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै सर्वसाधारण नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रवार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा विस्तार र सुधारसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । निर्णयानुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ ।
त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच शय्या तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । शुक्रवार नै मुख्यमन्त्री भट्टसहित नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री भट्टसँगै सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी सहभागी थिए ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने बताएका छन् । सङ्घीयताको मर्मानुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचमा केन्द्रित भएर काम गर्ने उनीहरूको प्रतिबद्धता छ।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै स्वास्थ्य क्षेत्रमा सुधार र डायलाइसिस सेवा विस्तारको निर्णय भएपछि सुदूरपश्चिमका मिर्गौला रोगी तथा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया