जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि आठबुँदे सुझाव सार्वजनिक गरेको छ ।
प्राधिकरणका आठबुँदे सुझाव
१. कृषि कार्य समयमै सम्पन्न गर्ने : धानबाली काट्ने र भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गते बिहीबारअघि नै सम्पन्न गर्न तथा गराउन प्राधिकरणले आग्रह गरेको छ ।
२. उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजाने : पर्यटकलाई उक्त अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ । ती क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम प्रतिकूल रहेसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ ।
३. आवश्यक परे सवारी आवागमन रोक्ने : जोखिमको अवस्था हेरी सवारी आवागमन बन्द गर्नुपर्ने हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न भनिएको छ । सवारी आवागमन रोक्नुपर्ने अवस्था आएमा त्यसबारे सर्वसाधारणलाई अग्रिम जानकारी गराउनुपर्नेछ ।
४. अनावश्यक यात्रा नगर्ने : सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ ।
५. पूर्वतयारी अवस्थामा रहने : सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई सर्वसाधारणलाई जोखिमबारे जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
६. जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने : जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेछ ।
७. आधिकारिक सूचना पालना गर्ने : प्राधिकरण, नेपाल मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी पालना गर्न र गराउन आग्रह गरिएको छ ।
८. आपत्कालीन सम्पर्क नम्बर प्रयोग गर्ने : मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया