Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ फागुन ०५ गते बिहिबार

मसुरियामा शहरि स्वास्थ्य केन्द्रकाे भवन उद्घाटन

मसुरिया शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन तथा सेवा संचालन बिहिबारबाट सुरु भएको छ । 
गौरीगंगा नपा वडा नं ९ को रजिया चौक बनखेतमा निर्माण भएको स्वास्थ्य केन्द्र भवनको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री माननीय दीर्घ बहादुर सोडारीले उद्घाटन गर्नुभएको हो । 
स्थानीय बासिन्दाको माग र आवश्यकता अनुसार बाटोको स्तरवृद्धि गरी बनखेत रजिया सडक विस्तार गर्न प्रदेश सरकारको तर्फबाट निरन्तर रूपमा काम भैरहेको र कान्द्रा सिँचाइ आयोजनाको काम भैरहेको सो अवसरमा मन्त्री सोडारीले बताएका थिए । 
नगर शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष हरि प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मसुरिया स्वास्थ्य चौकीमा प्रमुख लालप्रसाद पन्तले स्वागत गरेका थिए । 
वडाको विकट क्षेत्र रजिया बनखेतमा शहरी स्वास्थ्य केन्द्रको निर्माणले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा सहज हुने बताउँदै वडा अध्यक्ष तिवारीले टेलिफोन नेटवर्कको समस्या रहेको र सोको समाधानका लागि पहल गर्न मन्त्री सोडारीको ध्यानाकर्षण गराएका छन् । 
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले स्वास्थ्य केन्द्रलाई व्यवस्थीत र सुरक्षित राख्ने स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै स्वास्थ्य व्यवहार जिवन नागरिकको आवश्यकता रहेको बताए । ग्रामीण भेगमा सर्पको दंश जोखिम रहेको स्वास्थ्य जिवन शैली अपनाउन स्वास्थ्य संचार आवश्यक रहेको बताएका थिए । 
नगर स्वास्थ्य केन्द्रमा ३ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने छन्  ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आ.ब २०७७/०७८ सालको विनियोजन रकम १५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>