Samriddhipost
२०८१ बैशाख १६ गते आइतबार
महेन्द्रनगर
२०८० फागुन ०१ गते मङ्गलबार

एसिसि महिला प्रिमियर कप नेपाल माल्दिप्स किच प्रर्तिस्पर्धा आज

एसीसी महिला प्रिमियर कप क्रिकेटमा आफ्नो तेस्रो खेलमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको क्वालालाम्पुरमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । 

नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली भट्ट र अस्मिना कर्माचार्य रहेका छन् । 

प्रतिक्रिया