Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १५ गते शनिबार

जिल्ला लिगकाे बिजेता अरनिकाे क्लव, उप बिजेता कन्चन समाज

खुला मञ्चमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी अरनिको युवा क्लबले हात पारेको छ । शनिबार फाइनल खेलमा अरनिकोले कञ्चन समाजलाई ३–० गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।
खेलको पहिलो हाफमा अरनिको युवा क्लबका तर्फबाट २० औं मिनेटमा जर्सी नम्बर १२ का मदन बहादुर जिसिले गोल गर्दै टिमलाई १–० गोलको अग्रता दिलाएको थियो ।
३६ औं मिनेटमा जर्सी नम्बर १६ का अनिल तामाङले दोस्रो गोल गरेका थिए भने दोस्रो हाफको ४३ औं मिनेटमा जर्सी नम्बर १५ का उमेश लामाले आफ्नो टिमको लागि तेस्रो गोल गरेका थिए भने कञ्चन समाजले पाएको अवसर गुमाउदा प्रतियोगिताको उप विजेतामा चित्त बुझाएको छ ।
प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ११, मेडल ट्र्फी प्रमाणपत्र मेडल हात पारेको छ भने कञ्चन समाजले उप विजेतामा चित्त बुझाउँदै नगद पुरस्कार रु. २५ हजार ५ सय ५५ रुपैया प्रमाणपत्र, मेड र ट्रफि पाएको छ भने सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया दिएको छ ।
नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा बैशाख ३ गते देखी सञ्चालनमा रहेको जिल्ला लिग फुटबल प्रतियोगिता –२०८१ को फाइनलमा कञ्चन समाज लाई हराउँदै जिल्ला लिग च्याम्पियन बनेको हो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>