Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १५ गते शनिबार

रन्जिता रेशम एक ठाउँमा, लुम्बिनी र सुदुरपश्चिमकाे समर्थन फिर्ता गर्ने

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मिल्नेतर्फउन्मुख छ । खासगरी संस्थापक रेशमलाल चौधरी र पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादको कारण पार्टी विभाजनको मुखमा थियो ।
तर, यी दुईबीच सम्बन्धमा नाटकीय सुधार आएको छ । रेशमले आज रञ्जितालाई पार्टी र सरकार दुवै चलाउन अनुमति दिएका छन् । रञ्जितासँगको तस्विर साझा गर्दै रेशमले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका छन् । पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्विर सामाजिक संजालबाट सेयर गर्दै पार्टीका संरक्षक चौधरीले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका हुन्।
रेशमले महासचिव ठाकुरसिंह थारुलाई साँक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि सञ्जालमा पोस्ट्याएका छन् ।उता, रञ्जिताले पनि नागरिक उन्मुक्ति पार्टी जसको हो उसैको हो भन्दै रेशमलाई नै संस्थापक स्विकारेकी छिन् । उनले आफ्नो पार्टीभित्र धेरै खेलन नखोजे हुने चेतावनी दिएकी छिन् । उनले आफूहरु दुई पति पत्नीलाई छुट्याएर कसैको केही नहुने भन्दै सचेत गराएकी छिन् । तस्विरमा रेशमलाई रन्जिताले जुस खुवाइरहेकी छिन्।


#नाउपा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>