Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १४ गते शुक्रबार

अर्काे हप्ताबाट कंचनपुरमा मदिरा बिक्रि बितरण  अनुगमन हुने

खडक ब. काेली अवैध मदिरा नियन्त्रण व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डोलेन्द्र प्रसाद शर्माको अध्यक्षतामा जिल्ला स्तरीय अवैध मदिरा नियन्त्रण समिति बुधबार  गठन गरेको छ ।
 उक्त समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी संघ, कंचनपुरका सबै स्थानिय निकायका जनप्रतिनिधिकाे सहभागिता रहेकाे छ। मदिरा व्यवसायी समितिलाई आमन्त्रित गरिएको अवैध मदिरा नियन्त्रण समितिका संयोजक तथा महेन्द्रनगर आन्तरिक राजस्व कार्यालयका प्रमुख डोलिन्द्र प्रसाद शर्माले बताएका छन् । 
एक हप्तासम्मको लागि मदिरा व्यवसायीलाई अवैध मदिरा नियन्त्रण, नक्कली स्टिकर राजस्व छली नगर्नको लागि समेत निर्देशन दिएको र दोस्रो हप्तादेखि ९ वटै नगरपालिकामा  मदिरा व्यवसायीहरुलाई स्थानिय कार्यपालिका सदस्यहरूको नेतृत्वमा सरोकारवालाहरूको उपस्थितिमा अवैध मदिरा अनुगमन गरिने कार्यालय प्रमुख शर्माले बताएका छन्। उनले भने अवैध मदिरा सब्जी पसल किराना पसलमा समेत राखिएको पुर्व अनुगमन तथ्यांकमा भेटिएकाे बताएका छन । 
भीमदत्त नगरपालिकाले मदिराबिक्री सम्बन्धी कार्यविधि बनाइसकेकोले अरु पालिकाले पनि मिल्दोजुल्दो कार्यविधि बनाउनुपर्नेमा राजस्व कार्यालयका प्रमुखले जाेड  दिएका छन् । नेपाल सरकारको कानुन बमोजिमको जिल्लास्तरीय समिति अन्तःशुल्क निर्देशिका अनुसार नै अनुगमन गर्न लागेको शर्माले बताएका छन् अवैध मदिरा नियन्त्रणमा अनुगमन टोलीद्वारा बजार अनुगमनको क्रममा इजाजत पत्र नलिई वा लिएकाले नवीकरण नगराई कारोबार, उत्पादन, पैठारी, बिक्री वा सञ्चय गरेको पाइएमा त्यस्ता वस्तु जफत गरी सोही ऐनको दफा १६ बमोजिम जरिवाना गरिने राजस्व कार्यालयका कर अधिकृत किरण डाँगीले  बताएका छन्।


#मदिरा बिक्रि बितरण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>