Samriddhipost
२०८१ बैशाख १६ गते आइतबार
महेन्द्रनगर
२०८० फागुन ०५ गते शनिबार

क्रिकेटमा नेदरल्यान्ड माथि नेपालकाे बिजय
फायल तस्बिर

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डविरुद्ध ९ विकेटको प्रभावशाली जीत निकालेको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेख र अनिल शाहले अर्धशतक पूरा गरे । कुशल भुर्तेलले ११ बल खेलेर २८ रन जोडेका थिए । उनको आक्रामक ब्याटिङमा ३ छक्का र २ चौका सामेल छ ।

आसिफले ४५ बलमा ८ चौका र १ छक्कासहित नटआउट ५४ रन जोडे । अनिल ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ रनमा नटआउट रहे । यी दुईले दोस्रो विकेटका लागि नटआउट १ सय ५ रनको साझेदारी गरेका हुन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको थियो । नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १(१ विकेट लिएका थिए ।

प्रतिक्रिया