Samriddhipost
२०८१ बैशाख १६ गते आइतबार
धनगढी
२०८० चैत ०४ गते आइतबार

सडक निर्माण गर्न दवावका लागि लगाएकाे ताला काटियाे, ठेकेदार आएनन सडक बनाउन, क्रान्तिकारीकाे कार्वाहि गर्ने चेतावनी ।

हुलाकी सडक कार्यालय कैलालीमा लगाएकाे ताला शनिवार प्रशासनले काटेकाे छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपाल कैलालीले राजेन्द्र निर्माण सेवा प्रा.लि र बाबाहंस सिद्विकिशाहि कन्ट्रक्सनद्वारा कञ्चनपुरको दैजी,बेल्डाँडी,बेलौरी,पुनर्वास र डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी सडक राजमार्ग निर्माण कार्य ६ पटक म्याद थपि सक्दा पनि काम अगाडि नबढाएको भन्दै हुलाकी सडक कार्यालय धनगढीमा शुक्रवार तालाबन्दी गरेको थियाे ।
 राजेन्द्र निर्माण सेवा प्रा.लि र बाबाहंस सिद्विकिशाहि कन्ट्रक्शन द्वारा कञ्चनपुरको दैजी,बेल्डाँडी,बेलौरी,पुनर्वास र डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी सडक राजमार्ग निर्माण कार्य अहिले सम्म ६ पटक म्याद थपि सक्दा पनि काम अगाडि नबढाएकाे हाे ।
 यसरी ताला काटिए पछि संगठनले शनिवार राति एक बिज्ञप्ति जारि गर्दै सडक नबनाउने ठेकेदार संरक्षण गर्नका लागि  सडक र प्रशासनका कर्मचारिले ताला हटाएकाेमा संगठनकाे ध्यानाकर्षण भएकाे यस्ता कर्मचारिलाई जनताकाे बिचमा लगेर जनकार्वाहि गर्ने, निर्माण ब्यावसायी बिरुद्ध कडा संघर्षमा उत्रीन बाध्य हुनेछाै यश क्षतिकाे जिम्मा हसलाकि सडक डिभिजन, प्रहरी प्रशासन र सम्बन्धित निकाय हुनुपर्ने तिलक बयक हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

 


#हुलाकि सडककाे ताला काटियाे

प्रतिक्रिया