Samriddhipost
२०८१ बैशाख १६ गते आइतबार
महेन्द्रनगर
२०८० चैत १५ गते बिहिबार

भीमदत्त नगरमा अतिक्रमण हटाउन टासियाे सुचना यस्ताे छ हटाउने तयारि ।
फायल फाेटाे

महेन्द्रनगर बजार लगायतका क्षेत्रमा नगर विकासले भाडामा दिएका जग्गा, अतिक्रमित जग्गा र जग्गामा निर्मित भवनहरुलाई हटाईने भएको छ । महेन्द्रनगर बजार क्षेत्र एवम अन्य क्षेत्रमा अबैधरुपमा सरकारी जग्गा कब्जा गरिएको क्षेत्रलाई हटाईने भएको हो । एक हप्ता पछि महेन्द्रनगर बजार क्षेत्रमा भएका अतिक्रमित जग्गाहरुलाई हटाउन सुरुवात गर्ने भएको छ ।
अहिले सदरमुकाम महेन्द्रनगरमा मात्रै सयौं विघाह जग्गा अतिक्रमणको चपेटामा परेका छन् । सरकारी सार्वजनिक जग्गालाई कानुन विपरित प्रयोग गरेको कब्जा गरेको, नियन्त्रणमा लिएको, उदेश्य विपरित प्रयोग भएका सरकारी जग्गा तथा सार्वजनिक जग्गाको विवरण प्राप्त गरी सम्बन्द्ध निकायसंगको समन्वयमा जग्गा साविकको अवस्थामा फिर्ता ल्याईने भएको हो ।
चैत्र २० गतेदेखी मालपोत कार्यालय नापी कार्यालय अगाडी रहेका खोका छाप्राबाट सुरुवात गर्दै ओपेरा, बालमन्दिर क्षेत्र लगायतमा बनेका संरचनाहरु खाली गरिने भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनु भयो । विगतमा सम्झौता गरेर बसेका तर अहिले खाली गर्न अटेरी गरिरहेको सबैलाई एक हप्ता भित्रै हटाउन नगर प्रमुख बोगटीले आग्रह गर्नु भयो ।
नगर विकासले भाडामा दिएको जग्गाहरुमा म्याद थप्ने वा नथप्ने नगर विकासले गर्ने र अन्य सबै गैर संरचनालाई हटाईने उहाँले बताउनु भयो । यस्तै, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले नगरलाई सुन्दरता दिन र यसको अबैध रपमा प्रयोगमा रहेका सबै जग्गाहरु ह्टाइनु पर्ने बताउनु भयो । उहाँले बजार क्षेत्रका विभिन्न ठाँउमा हिँडडुल गर्नमा पनि समस्या रहेको भएर सबै अतिक्रमित हटाउनु पर्ने अहिले हटाइएन भने पछि यसले ठुलो समस्या निमित्याउने बताउनु भयो ।
पहिले पनि एक चरणमा राजनितिक दल सरोकारवालाहरुसंग वैठक बसेर अतिक्रमित जग्गाहरु खाली गर्नेनिर्णय नै भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भयो । प्रशासनले पनि पछिल्लो समय गरेको अनुगमनमा पनि विभिन्न क्षेत्रमा अतिक्रमित भएका सरकारी जग्गाहरु एवम नगर विकासका जग्गाहरु पनि अबैध रुपमा प्रयोग गरेको पाइएको भएर सबै जग्गालाई खाली गर्ने भनेर विहिवार पनि वैठक बसेको उहाँले जानकारी दिनु भयो ।
यता, नेपाल बाल संगठन बाल मन्दिरले विहिवार ७ दिन भित्रै उक्त क्षेत्र खाली गर्न भन्दै सुचना टाँसेको छ । उक्त क्षेत्रमा बाल उद्यान निर्माण स्थल भएकाले ठाँउ खाली गर्न सुचनामा भनिएको छ । उक्त क्षेत्रमा विगत २० वर्ष भन्दा पहिलेदेखी बसेकाहरुले आफुहरुलाई अहिले हटाइनु ठिक नभएको बताएका छन् ।
विगतका दिनमा आफुहरुलाई नै बाल मन्दिरले बसिदिन आग्रह गर्दे बोलाएर बसाएको डम्मर खडकाले बताएका छन् । “अहिले के कती कारणले उठाउन खोजिएको हो ? अहिले यो छोटो समयमा कहाा गएर बस्ने त्यो पनि भनिदिनु पर्ने हो” उनले भने, “विगतमा मासिक भाडा दिन समय लाग्यो भने बाल मन्दिरले व्याज पनि उठाएर लगेको छ अहिले आएर उठाउन मिल्दैन हामलिाई पनि समय दिनु पय्रो र भन्नु पय्रो के कती कारणले उठाईदै छ भनेर”


#महेन्द्रनगर अतिक्रमण

प्रतिक्रिया