Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत २३ गते बुधबार

टाईफाईट राेग बिरुद्ध खाेप लगाइने, महाअभियानका रुपमा देशैभरि चल्ने ।
साङ्केतिक तस्बिर

नेपालमा टाईफाईडको सङ्क्रमण उच्च पाइएको छ । टाईफाईडका बिरामी बढ्न थालेपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको छ ।
नेपालमा ४ लाख ५० जनामा टाईफाईड सङ्क्रमण पुष्टि भएको छ ।​ ग्लोबल बोर्डन डिजिज् एनालाइसिस २०१९ अनुसार ८२ हजार ४४९ टाईफाईडका बिरामी रहेको र तीमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका अनुसार नेपालमा खाना र पानीजन्य सङ्क्रामक रोगमध्ये विगत तीन वर्ष यताको तथ्याङ्कलाई केलाउँदा टाईफाईड तेस्रो स्थानमा पर्छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले अस्पतालमा भर्ना हुने कारणमध्ये यो रोग चौथो कारणमा पर्ने बताए । उनले भने, ‘टाईफाईड रोग सबै उमेर समूहलाई देखिए पनि धेरै मात्रामा १५ वर्ष मुनिका बालबालिकामा देखिएको छ ।’
उता, पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययन अनुसार प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा टाईफाईड सङ्क्रमण पाइएको छ । एक लाख बालबालिकामाथि अध्ययन गर्दा यस्तो पाइएको हो । एक लाख जना बालबालिकामध्ये ४ वर्ष मुनिका ७४६ जनामा टाईफाईड सङ्क्रमण भएको पाइएको छ । यस्तै, ५ देखि ९ वर्षसम्मका ६ हजार ७३१ जना बालबालिकामा सङ्क्रमण पाइएको थियो भने १० देखि १४ वर्षसम्मका ३ हजार ७५० जनामा सङ्क्रमण पाइएको छ । 
विश्व स्वास्थ्य संगठनले सबै टाईफाईड प्रभावित राष्ट्रलाई खोप प्रयोगका लागि सिफारिस गर्ने गर्छ । सोही क्रममा उसले नेपाललाई पनि टाईफाईड खोप सिफारिस गरेको हो ।
यस्तै, विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार प्रति १ लाख जनसङ्ख्यामा १०० जनाभन्दा बढी सङ्क्रमण दर भएमा सो अवस्थालाई उच्च दरमा वर्गीकरण गरिएको छ । डब्ल्यूएचओको वर्गीकरण अनुसार नेपालमा टाइफाइड रोगको सङ्क्रमण र जोखिम उच्च छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले नेपाल दक्षिण एसियामा टाईफाईडविरुद्धको खोप लगाउने राष्ट्रमा पहिलो भएको बताए । टाईफाईड खोपले यो रोगको सङ्क्रमणलाई उल्लेखनीय रूपमा कमी ल्याउने उनको भनाइ छ ।

नेपालमा पहिलो पटक एकै पटकमा ७५ लाख बालबालिकालाई टाईफाईडविरुद्धको खोप दिन लागिएकाले यस अभियानले टाईफाईड सङ्क्रमण कम हुने विश्वास व्यक्त गरेका छन ।

कंचनपुरमा ५२४ भन्दा बढि केन्द्र बनाएर अभियानका रुपमा खाेप दिने लक्ष्य रहेकाे  जस्मा ७६७ जना स्वास्थ्य कर्मि र १५७२ स्वमसेवक परिचालन गरिने याे अभियानका रुपमा यहि चैत २५ गते बाट बैशाख १८ गते सम्म संचालनमा हुनेछ ।
त्यसपछि याे खाेप नियमित खाेप अन्तर्गत थपिएर नियमित खाेपकाे संख्या १२ हुने सुनारले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>