कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँमा हाईटेन्सन तार छुट्दा दुई वटा खसी र एक वटा भैँसीको मृत्यु भएको छ ।
आज सहवीर खत्रीको घर नजिकैको हाईटेन्सन लाइनको तार एक्कासि छुटेर जमिनमा खसेपछि घर आँगनमा बाँधेर राखिएका पशुहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनामा खत्रीको एक भैँसी र दुई वटा खसीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि स्थानीयवासी र प्रहरी टोलीले तार हटाएर आसपास क्षेत्र सुरक्षित गरेका थिए । विद्युत् प्राधिकरणका कर्मचारी पनि घटनास्थलमा पुगेर मर्मत कार्य सुरु गरेको प्रहरीले जानकारी दिएको छ । स्थानीयहरूले पुराना पोल र कमजोर तारका कारण यस्ता घटना दोहोरिन सक्ने भन्दै तत्काल मर्मत र जोखिम न्यूनीकरणको माग गरेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया