Samriddhipost
२०८२ कार्तिक ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०७ गते शुक्रबार

दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, गाडी धनी थिए बिच सिटमा बेहोस्

दार्चुलाको मार्मा गाउँपालिका-३ दानीखेत भन्ने ठाउँमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शुक्रबार (आज) विहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा बेहोस अवस्थामा फेला परेको र उद्दार गरी स्वास्थ चौकी पठाइएको वडाअध्यक्ष धिरेन्द्र धामीले बताउनुभयो।

प्रहरीका अनुसार गाडी सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो। स्थानीयहरूले बेहोस अवस्थामा भेटिएका ठगुन्नाको मृत्यु भइसकेको बताएका छन् । जिप कसले चलाएको हो र कसरी दुर्घटना भयो भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ। चालकको खोजि भइरहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लटिनाथका प्रनानी जंगबहादुर चन्दले बताउनुभयो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>