कंचनपुरमा बाघकाे संख्या बृद्धि भैरहदा संरक्षणमा चुनाैति थपिएकाे छ । पछिल्ला बर्षहरुमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भईरहेको अवस्थामा संरक्षणमा चुनौती बढिरहेको बताएका हुन ।
विश्व बाघ दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले शनिबार निकुञ्ज प्रशासन मझगाँउमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा संरक्षणकर्मीले बाघ संरक्षणमा चुनाैति थपिरहेको बताएका छन । बाघ जैविक विवितका लागि महत्वपूर्ण भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट बाघ सरक्षणको भूमिका निर्वाहमा जोडदिएका छन ।
३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज भित्र आरक्षपीडितका मानविय बस्ती, राजमार्ग, खुला सीमा, पुर्वपश्चिम महेन्द्रराजमार्ग, दक्षिणमा हुलाकी राजमार्ग, उत्तरमा चुरेमा महाकाली सिँचाई आयोजना तेस्रो चरणको नहर संरचना, चारैतिर मानविय बस्ती, चोरी किशारीका गैर कानुनी गतिबिधीले उत्तर दक्षिणका बन्यजन्तुको ओहोरदोहोरमा बाधा उत्पन्न गराएको निकुञ्जले जनाएको छ ।
शुक्लाफाँटामा हाल बाघको संख्या ३६ पुगेको छ । सन २००९मा १० मात्रै बाघ रहेको निकुञ्जममा २०२२ सम्म आईपुग्दा ३६ बाघको संख्या पुगेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत मनोज ऐरले निकुञ्जमा बाघको संख्या बृद्धि भईरहेको बताए ।
‘बाघका लागि चाहिने आवश्यक आहारा व्यवस्था भएपनि ‘एकातिर बाघको संख्या बृद्धि भईरहेको छ, ‘उनले भने, ‘बाघको संख्या बृद्धि भएपनि संरक्षणमा चुनौती थपिदै गएका छन ।’
बाघको संख्या बृद्धि भएपनि बन्यजन्तु उद्दार सेन्टर नहुँदा झन समस्या थपिरहेको बताए । ‘हाम्रो यहाँ बन्यजन्तु उद्दार सेन्टर छैन, ‘उनले भने, ‘उद्दार सेन्टर नहुँदा कतै बाघ बिरामी, घाईते भएपनि उपचारदेखिका समस्या थपिनेछन ।’ बस्तीमा बसे डागगन समेत नभएको उनले बताए । अहिले पनि बाघको मनिटरका लागि १२ स्वचालित क्यामेरा विभिन्न स्थानमा राखिएका छन ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले सुप प्रदेशमा १० बर्षमा २५ चितुवा सहित बाघको उद्दार गरिएको बताए । ‘२५ उद्दार गरिएका मध्ये १० मात्रै बाँचे, १५ बाँच्न सकेनन, ‘उनले भने, ‘यहाँ उद्दार तथा उपचार केन्द्र नहुँदा बन्यजन्तु संरक्षणमा चुनौती छ ।’
सुप प्रदेशका एक बन्यजन्तु उद्दार सेन्टर आवश्यक रहेको र त्यसका लागि एनटिएसीले समेत पहल गरिरहेको बताए । पछिल्लो ५ महिनाको अवधिमा बाघको आक्रमणबाट २ कञ्चनपुरका दुई महिलाको मृत्यु १ घाईते भएकी छिन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त सरक्षण अधिकृत प्रमोद कुमार यादवले निकुञ्ज प्रशासनले आफ्नो स्रोत साधन लगाएर वन र वन्यजन्तु संरक्षणका कार्यक्रम संचालन गरेको बताए ।
‘निकुञ्जमा घाँसदाउरादेखि काठ, बन्यजन्तु तस्करले संरक्षणमा चुनौती थपिदिएकोछ, ‘उनले भने, ‘दण्ड जरिवाना बाटै गत बर्ष निकुञ्जले २८ लाख राजस्व संकलन गरेको छ, भने पर्यटनबाट १६ लाख मात्रै राजस्व संकलन भएको छ, यो चिन्ताको विषय हो ।’ निमित्त सहायक सरक्षण अधिकृत यादवले मध्यवर्ती क्षेत्रमा सरक्षणका कार्यक्रम संरक्षण गरिएको र निकुञ्ज बिरुद्धमा अपराधमा संलग्नलाई कार्बाही गरिएको छ ।
उनले हुलाकी राजमार्ग अन्र्तरगत दैजी -बेलडाँडी सडकमा आवश्यक थप सहजिकरण गरिने बताए । निमित्त सहायक सरक्षण अधिकृत यादवले पछिल्ला दिनमा बन्यजन्तुबाट मानव तथा भौतिक अन्नबालीमा क्षतिपूर्तिको दायरमा समेत बृद्धि गरेर मानव बन्यजन्तुको द्वन्द्व न्यूनिकरणको भूमिका निर्वाह हुने बताए ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाल सेनाको रुद्रध्वज गणका निमित्त गणपति राधाकृष्ण खडकाले सेनाले निकुञ्ज सुरक्षार्थ कुनै कसर बाँकी नराखेको बताउँदै, विद्यालय स्तरमै संरक्षण शिक्षा कार्यक्रममा जोडदिए ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले निकुञ्जमा पर्यटन भित्र्याउने देखि संरक्षणका लागि संचार क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुने भएकाले सो निर्वाह भईरहेको बताए । निकुञ्ज र संचारविच सहकार्य समन्वय आवश्यक रहेको औल्याए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा निकुञ्ज राज्यको पर्यटन क्षेत्रबाट आम्दानीको स्रोत बन्ने भएकाले पर्यटन विकासमा जोडदिए । ‘हाम्रो स्थायी आम्दानीको स्रोत नेपालको प्राकृतिक पर्यटन हो, ‘जिसस प्रमुख बोहराले भने, ‘कुनैबेला राजामहाराजाले शिकारका लागि प्रयोग गरेको निकुञ्ज आज हामीले त्यो नियती भोग्नु परेको छ ।’ स्वदेशी, तेस्रो तथा तेस्रो मुलुकका पर्यटक भित्र्याएर आम्दानी बृद्धि गर्नुपर्ने तर्फ जोडदिएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया