Samriddhipost
२०८२ साउन ०२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०२ गते शुक्रबार

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्रनाथले गरे संगठन परित्याग

नेतृत्वमा अराजकता र कृपावाद रहेको भन्दै संगठन त्यागेको बताएका छन् ।
‎लामो समयदेखि विद्यार्थी संगठनमा सक्रिय भुमिका निर्वाह गर्दै आएका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष, इन्चार्ज वीरेन्द्रनाथले संगठन परित्याग गरेका छन्।

‎संगठनमा गहिरिएर व्याप्त अराजकता, नातावाद, कृपावाद र दासत्व प्रवृत्तिको घोर आलोचना गर्दै उनले मूल नेतृत्वले वैज्ञानिक समाजवादको मूल मर्मलाई नै तिलाञ्जली दिएको आरोप लगाएका छन्।

‎नाथले एक वक्तव्यमार्फत् वर्तमान नेतृत्व संगठनमा गम्भीर विचलन, सिद्धान्तहीनता, अवसरवाद र गुटीय स्वार्थमा लिप्त भएको भन्दै त्यस्तो नेतृत्वको अधीनमा रहनु क्रान्तिकारी मूल्यमान्यताको घात भएको बताएका छन्।
‎सानै उमेरदेखि वैज्ञानिक समाजवादी आन्दोलनमा लागेका विरेन्द्रनाथ विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक जेल, नेल भोगेका अनुभवी कार्यकर्ता हुन्। संगठनको विकास, विस्तार र वैचारिक सुदृढीकरणमा उनले विगतमा खेलेको भूमिका उल्लेखनीय मानिन्छ।

‎वक्तव्यमा नाथले भनेका छन्, “मूल नेतृत्वले वैचारिक संघर्षको सट्टा दास मानसिकताको पोषण गरेको छ। सिद्धान्तमा स्थिरता नभएको, आलोचना–आत्मालोचनालाई दबाउने, नातावाद र कृपावादलाई प्रोत्साहन दिने प्रवृत्तिले संगठनलाई पतनतर्फ डोर्याएको छ।”

‎उनले संगठन परित्यागलाई पछिल्लो समयको निराशाजनक राजनीतिक विचलनप्रति गम्भीर प्रतिक्रिया बताउँदै आगामी दिनमा पनि वैज्ञानिक समाजवादको पक्षमा क्रान्तिकारी पाइला नरोकिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>