नेतृत्वमा अराजकता र कृपावाद रहेको भन्दै संगठन त्यागेको बताएका छन् ।
लामो समयदेखि विद्यार्थी संगठनमा सक्रिय भुमिका निर्वाह गर्दै आएका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष, इन्चार्ज वीरेन्द्रनाथले संगठन परित्याग गरेका छन्।
संगठनमा गहिरिएर व्याप्त अराजकता, नातावाद, कृपावाद र दासत्व प्रवृत्तिको घोर आलोचना गर्दै उनले मूल नेतृत्वले वैज्ञानिक समाजवादको मूल मर्मलाई नै तिलाञ्जली दिएको आरोप लगाएका छन्।
नाथले एक वक्तव्यमार्फत् वर्तमान नेतृत्व संगठनमा गम्भीर विचलन, सिद्धान्तहीनता, अवसरवाद र गुटीय स्वार्थमा लिप्त भएको भन्दै त्यस्तो नेतृत्वको अधीनमा रहनु क्रान्तिकारी मूल्यमान्यताको घात भएको बताएका छन्।
सानै उमेरदेखि वैज्ञानिक समाजवादी आन्दोलनमा लागेका विरेन्द्रनाथ विद्यार्थी आन्दोलनको क्रममा पटक–पटक जेल, नेल भोगेका अनुभवी कार्यकर्ता हुन्। संगठनको विकास, विस्तार र वैचारिक सुदृढीकरणमा उनले विगतमा खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
वक्तव्यमा नाथले भनेका छन्, “मूल नेतृत्वले वैचारिक संघर्षको सट्टा दास मानसिकताको पोषण गरेको छ। सिद्धान्तमा स्थिरता नभएको, आलोचना–आत्मालोचनालाई दबाउने, नातावाद र कृपावादलाई प्रोत्साहन दिने प्रवृत्तिले संगठनलाई पतनतर्फ डोर्याएको छ।”
उनले संगठन परित्यागलाई पछिल्लो समयको निराशाजनक राजनीतिक विचलनप्रति गम्भीर प्रतिक्रिया बताउँदै आगामी दिनमा पनि वैज्ञानिक समाजवादको पक्षमा क्रान्तिकारी पाइला नरोकिने स्पष्ट पारेका छन्।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया