Samriddhipost
२०८२ असार २८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २७ गते शुक्रबार

दैजीमा फेरि भयो दुर्घटना, जोशीको मृत्यु ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजी क्षेत्रमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने ३२ वर्षीय ललित जोशीको शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा ज्यान गएको हो । ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार जोशीको ज्यान गएको बताइएको छ । जोशी स्थानीय स्तरमा सक्रिय मार्केटिङ व्यवसायीका रूपमा परिचित व्यक्ति हुन् ।

घटनापछि प्रहरीको टोली तत्कालै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिनुभयो । "घटनास्थलमै पुगेर प्रारम्भिक विवरण सङ्कलन गरिरहेका छौँ, दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ," डिएसपी बोहराले बताउनुभयो । घटनाबारे थप जानकारी केही समयमा अद्यावधिक गरिने छ ।

मृतक जोशीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । पछिल्लो समय कञ्चनपुरमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । केही दिन पहिला दैजीमै सवारी दुर्घटनामा व्यवसायी चन्दको मृत्यु भएको थियो। ट्राफिक व्यवस्थापन, गति नियन्त्रण र सवारी साधनको चेकजाँचमा अझ कडाइ आवश्यक देखिएको आम नागरिकको धारणा छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>