Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २१ गते शुक्रबार

बिधुत सर्ट हुदा घरगाेठ र पशु जले, सहयाेगकाे अपिल ।

कंंचनपुरकाे शुक्लफाँटामा आगलागी हुदा घर गाेठ जलेर क्षति भएकाे छ । शुक्लाफाँटा नगरपालिका-७ जुडास्थित  जयदेव ठगुन्नाको घरमा शुक्रवार दिउँसो विद्युतको तार सर्ट भई आगलागी भएकाे हाे ।
आगलागी हुँदा सबै गरेर २५ लाख बराबरको क्षति भएको, ३ वटा बाख्रा मरेका छन् भने १ भैँसी घाइते भएको, घरमा राखिएको नगद ५ लाख समेत जलेर नष्ट भएको स्थानिय तथा श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक राज भट्टले बताएका छन ।
अध्यक्ष भट्टले सहयाेगि सङ्घसस्था ,सहयाेगि हात हरु लाई सहयाेग का लागि समेत आग्रह गरेका छन ।
पछिल्लाे पटक कंचनपुरमा बिधुत बाट हुने आगलागीका घट्ना बढेका भिमदत्त, दाेधारा चाँदनी लगायतका ठाउँमा बिधुतलाईन बाट भएकाे आगलागीले ठुलाे मात्रामा गहु जलेर नष्ट भएकाे थियाे।


#बिधुत बाट आगलागी

प्रतिक्रिया