Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज ०७ गते बुधबार

कंचनपुर शसस्त्रले नसमात्ने, कैलालीले मात्र किन समात्छ ?

भन्सार प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गरेको भारतीय नम्बर प्लेटको गाडी कैलालीमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृत र कैलालीस्थित सशस्त्र प्रहरी प्रमुखबीच विवाद भएको छ। उनीहरूबीच भएको टेलिफोन संवादको अडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेको बताइएको छ। कुराकानीका क्रममा भट्टले नियन्त्रणमा लिइएको गाडी तत्काल छाड्न वा सम्बन्धित भन्सार कार्यालयमा पठाउन आग्रह गर्दै त्यसो नभए उच्च तहका अधिकारीलाई जानकारी गराउने चेतावनी दिएका छन्।

भट्टले गड्डाचौकी भन्सारबाट प्रक्रिया पूरा गरेर निस्किएको गाडी कैलालीमा किन रोकिएको भन्दै प्रश्न गरेका थिए। उनले गाडी नियन्त्रणमा लिनुपर्ने कारणबारे जानकारी माग्दै तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन भनेका थिए।

एसपी केसीले गाडीको मूल्यांकनमा शंका देखिएकाले नियन्त्रणमा लिइएको बताएपछि भट्टले त्यस्तो शंका भए गाडीलाई भन्सार कार्यालयमा पठाउनुपर्ने धारणा राखेका थिए। केसीले पनि त्यसमा सहमति जनाएका थिए।

कुराकानीका क्रममा भट्टले गाडीलाई बाटोमा अनावश्यक रूपमा रोक्ने वा दुःख दिने काम नगर्न आग्रह गर्दै, समस्या उत्पन्न भए आफूले प्रहरी महानिरीक्षक र गृहमन्त्रीलगायत उच्च अधिकारीलाई जानकारी गराउने बताएका थिए।

उनले कञ्चनपुरबाट जाने सामानलाई बाटोमा रोक्ने गरिएको र धनगढी क्षेत्रमा पनि यस्ता समस्या दोहोरिने गरेको आरोपसमेत लगाएका छन्। साथै, गाडीमा रहेको सामानको परिमाण वा विवरणमा पछि कुनै फरक देखिए त्यसबारे सम्बन्धित उच्च अधिकारीलाई जानकारी गराउने चेतावनी दिएको अडियोमा सुनिन्छ।

भन्सारका कर्मचारिका अनुसार सामान सहितकाे सवारि साधन पक्राउ गरि भन्सार पुगाएपछि उक्त सामान विधि प्रकृया अनुसार नै रहेकाे कारण सामान सहितकाे गाडि फिर्ता गरेपछि भिडियाे बाहिएकाे बताउछन । उक्त सामान अशाेज १ गते नियन्त्रणमा आएकाे हाे । गड्डाचाैकि भन्सार बाट गएकाे सामान कंचनपुरमा रहेका शसस्त्र प्रहरी ले पक्राउ नगरि कैलाली स्थित शसस्त्र प्रहरिले पक्राउ गर्ने गरेकाे बताइन्छ । यश बाट थप प्रश्न खडा भएकाे थियाे कंचनपुर मा भएकाले नहेर्ने र कैलाली मा भएकाले पक्राउ किन गर्छन ?

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>