Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २४ गते सोमबार

अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम, डाङाजाईमा एकैदिन १६४ जनाले पाए स्वास्थ्य सेवा

कंचनपुरकाे लालझाडि-४ डाङाजाइमा नागरिक सङ्ग गाउपालिका अध्यक्ष स्वस्थ्य बिशेष कार्यक्रमको पहिलो दिनमा १६४ जनालाई स्वास्थ्य सेेवा दिएकाे छ ।
पालिकाले अध्यक्ष स्वस्थ्य बिशेष कर्यक्रमको सन्चालन गर्दै लालझाडि-४ डाङाजाइमा आज (साेमबार)  महिला १०९ जना र पुरुष ५५ जना गरि जम्मा १६४ जनालाई सेवा प्रदान गरेको डाङाजाइ आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख बिनिता बडूले बताएकि छन ।

प्रमुख बडूका अनुसार गाउँ टाेलमा सेवा दिन जादा  सामान्य स्वस्थ्य जाँच, उच्च रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी, स्वासप्रस्वास, झाडापखाला जस्ता विभिन्न रोगको खोज्पडताल गरि निदान गरिनुका साथै ६ जना लाई उपचारको लागि अन्यत्र प्रेषण गरेेकाे छ । १६४ जनकै रक्तचाप जाच गरि यी मध्ये ८३ जनाको मधुमेह जाच समेत गरेकाे बताइन ।
यसरी गाउँ घरमा स्वास्थ्य सेेवा पाएपछि स्थानिय हर्षित भएका छन । याे केन्द्र बाट स्वस्थय्कर्मी  बिनित बडु र अ.न.मि. उषा किरण बोहरा महिला स्वाथ्यस्वयम्  सेविका सहित गाउँ टाेलमा खटिएका थिए ।
यस्तै पालिकाका सबै स्वास्थ्य केन्द्रहरुमा कार्यक्रम सुरु भएकाे छ ।


#लालझाडि अध्यक्ष संग नागरिक स्वास्थ्य विशेष कार्यक्रम

प्रतिक्रिया