Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ३० गते बुधबार

नेकपा एमाले पुनर्वासको शुक्रबार दोस्रो नगर अधिवेशन हुने तयारीमा

नेकपा एमाले पुनर्वास नगरपालिकाको दोस्रो नगर अधिवेशन शुक्रबार हुने भएको छ । अधिवेशनका लागि सम्पुर्ण तयारी पुरा भ‌एको नगर सचिव काशिराम बोहोराले जानकारी गराउनु भएको छ ।


जेठ ३२ गते शुक्रबार हुने अधिवेशनलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले समुद्घाटन गर्ने तय भएको  नेकपा एमाले नगर‌ सचिव बोहोराले  जानकारी दिनुभयो । नगर अधिवेशनका लागि नगर कमिटी, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि चयन गरी सकिएको उहाँले बताउनु भयो । अधिवेशनका लागि महिला र पुरुष गरी १८० जना प्रतिनिधि छनोट गरिएको नगर अध्यक्ष पदम पुजाराले बताउनुभयो। नगर कमिटी सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो ।

नगर कमिटीमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिला र अन्य समावेशी बनाइने नेकपा एमाले कञ्चनपुरका युवा नेता भारमल सुनारले बताउनुभयो । अधिवेशनका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो को व्यवस्थापन प्रवेश शुल्क र आन्तरिक आयबाट गरिने उहाँले बताउनुभयो । सुनारका अनुसार अधिवेशनका लागि प्रतिवेदन तयारी, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन, जलपान, स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>