Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ११ गते मङ्गलबार

कंचनपुरका सबै पालिकाले समयमै ल्याए बजेट, यस्ताे छ बजेट

कञ्चनपुरका नौ वटै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरका भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकाले आज सोमबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । लालझाडी गाउँपालिकाले असार ९ गते आइतबार, बेलौरी र पुनर्वासले असार ८ गते शनिबार, शुक्लाफाँटा नगरपालिकाले असार ७ गते शुक्रबार र दोधाराचाँदनी नगरपालिकाले असार ५ गते बुधबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका थिए ।
भीमदत्त नगरपालिकाले १ अर्ब ९५ करोड, शुक्लाफाँटा नगरपालिकाले ९९ करोड, वेदकोट नगरपालिकाले ९८ करोड, कृष्णपुर नगरपालिकाले ९७ करोड, पुनर्वास नगरपालिकाले ८८ करोड, बेलौरी नगरपालिकाले ७८ करोड, दोधाराचाँदनी नगरपालिकाले ७५ करोड, बेलडाँडी गाउँपालिकाले ५३ करोड र लालझाडी गाउँपालिकाले ५१ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्यमशीलतालाई स्थानीय तहहरूले प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>