पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी बल नेपालबाट दाहाललाई कारबाहीका लागि सिफारिस प्राप्त भएपछि आरोपमाथि जाँचबुझ गर्न उनलाई निलम्बन गरिएको जनाएको हो । उच्च स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका नातेदार एआईजी दाहालले सूचना चुहाएको आरोप लगाइएको छ ।
मन्त्रालयका अनुसार सोमबार दाहाललाई निलम्बन गरी ३ दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृतसमेत तोकिएका छन् ।
गृह मन्त्रालयले निजामती प्रशासन तथा सुरक्षा निकायका कर्मचारीले प्रचलित कानुनमा व्यवस्था भएअनुसार पदीय आचरण पालना गर्नुपर्ने जनाएको छ । सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुका साथै सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गृह मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ ।
कानुन विपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया