Samriddhipost
२०८३ असोज १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १९ गते सोमबार

जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्दामा धनगढीका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१, शिवनगर निवासी बबी सोडारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साडारीविरुद्ध धनगढीकै एक युवतीले करिब एक वर्षअघि जबरजस्तीकरणी उद्योग शीर्षकमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार जाहेरीपछि पनि सोडारी लामो समयसम्म पक्राउ परेका थिएनन् र उनी प्रहरीको फरार सूचीमा रहेका थिए। धनगढीस्थित आफ्नै घरमा आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा रहेको प्रहरीले पुष्टि गरेको छ।
पीडित भनिएकी युवतीले घटनाको अनुसन्धान र कानुनी प्रक्रियाका लागि लामो समयदेखि प्रहरी कार्यालय धाउँदै आएको बताइएको छ। यसअघि राजनीतिक पहुँच र दबाबका कारण पक्राउ प्रक्रिया अघि बढ्न नसकेको आरोपसमेत लाग्दै आएको थियो। यद्यपि, यस विषयमा प्रहरीले राजनीतिक दबाबका कारण पक्राउ ढिलाइ भएको हो वा होइन भन्नेबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
प्रहरीले पक्राउ परेका सोडरीमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको जनाएको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले उनलाई दोषी ठहर गर्ने अधिकार अदालतलाई मात्र हुनेछ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>