Samriddhipost
२०८३ असोज २४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २४ गते शनिबार

महाकालीमा कसरी बेपत्ता भएका थिए सशस्त्रका असई

सशस्त्र प्रहरीको दोधारा चाँदनी देबीस्थानस्थित बोर्डर आउट पोष्ट (बिओपी) का सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सागर राम थारु महाकाली नदीमा वेपत्ता भएका छन् ।
महाकाली नदीको क्षतिग्रस्त झोलुङ्गे पुल चुँडिएको क्षेत्रमा शनिबार मध्यान्ह थारु नदीमा वेपत्ता भएका हुन् ।
अहिले असई थारुको खोजी कार्य सुरु गरिएको छ । सशस्त्र प्रहरीले गोताखोरको टोली मगाएर थारुको खोजी कार्य गरेको छ ।
टेलिकमले विहानदेखि सशस्त्र प्रहरीको सहयोगमा रबर बोटमा राखेर इन्टरनेटका तार तान्न थालेको थियो । त्यसका लागि सशस्त्र असई थारु सहित ६ जना र टेलिकमका एक जना कर्मचारी बोटमा बसेर तार तानि रहेका थिए ।
झोलुङ्गे पुलका पिलर धस्सिएर चुँडिएको भागमा अचानक रबर बोट अनियन्त्रित भएपछि थारु सहित सवार सबै नदीमा खसेका थिए । उनीहरुमध्ये असई थारु वेपत्ता भएका हुन् ।

घट्ना लगत्तै झोलुङ्गे आएका पत्रकार खडक रावलले रबर बोट अनियन्त्रित भएर सबै जना नदीमा खसेको र तारमा लपेटिएर असई नदीमा वेपत्ता हुन सकेको आंशका गरिएको जानकारी दिए ।
नदीमा खसेका अन्यकोे अवस्था भने समान्य छ ।
झोलुङ्गेसंगै टेलिकमको तार चुँडिएर दोधारा चाँदनीमा टेलिकमको इन्टरनेट सेवा बन्द भएपछि शनिबार तार लग्न थालिएको थियो ।
एक साता अघि पिलर धस्सिएपछि झोलुङ्खे पुल चुँिडएको थियो । टेलिकम सहित अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले झोलुङ्गे हुँदै तार लगेर दोधारा चाँदनीमा इन्टरनेट पुगाएका थिए ।
निजी क्षेत्रका कम्पनीले भने चार लेन पुलबाट तार लगेर आफ्नो सेवा सुरु गरेका छन् ।
सशस्त्र प्रहरीका असई वेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३५ हेड क्वाटर शैलेश्वरीका गणपति एसपी प्रेम प्रकाश सिग्देल झोलुङ्गे पुगेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>