Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार २२ गते शनिबार

कुतियाकवरबासी भन्छन् : ‘अव हाम्रा दु:खका दिन सुरु भए’

दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका नैन सिंह सुनार बर्खायाम सुरु भए संगै चिन्तित छन् । बर्षेनी महाकाली नदी र जगबुडा नदीमा आएको बाढीबाट कुतियाकवर बस्तीका स्थानियहरुको लाखौंको धनमाल क्षती हुने अन्त्य हुनसकेको छैन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरुको बेवास्ताका कारण बर्षेनी कुतियाकवर बस्तीका स्थानियहरुले ठुलो सास्ती खेप्दै आएका छन् । बर्खा सुरु भएपछि नैन सिंह सुनार निकै चिन्तीत छन् । महाकाली नदीले कटानी गर्दै उनको घर नजिक महाकाली नदी पुगेको छ् । नैन सिंह सुनारलाई आफ्नो भन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । ‘प्राय: रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । आध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ्’, नैन सिंह सुनारले भने– ‘रातीको समयमा बाढी आएर घर बगाएर लैजाला भन्ने चिन्ता मनमा रहन्छ् ।’ बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नु भन्दा सधैंका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका उनिहरु बताउछन् । बर्खायाममा बाढीले गर्ने आतंकलाई रोक्न स्थानीय सरकार र संघ तथा प्रदेश सरकारले समन्वय गरेर पक्की तटबन्ध निमार्ण गर्न लाग्नु पर्ने स्थानियबासी टेक बहादुर सुनार बताउछन् । ‘बाढी आउदा बिगताका दिनहरुमा पनि राहत पाएका थियौं, फेरी पाईन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?’, टेक बहादुर सुनार प्रश्न गर्छन्, “राहतबापत आएको चामल, दाल, लत्ताकपडा, चाउचाउ, चिउरा र एक बोतल पानीले केही दिनको लागी भोक र प्यास मेटिन्छ तर हाम्रो दु:ख मेटिने गरी काम होस् भन्ने चाहना छ् ।’ कुतियाकवर बस्तीमा वर्षायाममा महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर स्थानियहरुको घरमा राखेको अन्नपात र खेतमा लगाएको वाली सबै बगाएर लैजाने गरेको छ् । वर्षायाममा एकाएक महाकाली नदी र जगबुडा नदीमा अउने बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्न सहित आवश्यक सामान सुरक्षित गर्न नसक्दा बाढीले बगाएर लग्ने गरेको टेक बहादुर सुनार बताउछन् । बस्तीमा बिगत लामो समय देखि बस्दै आएका अर्का स्थानिय माया देवी सुनारले वर्षायामा महाकाली नदी र जगबुडा नदी बर्षेनी दु:ख बनेर आउने गरेको बताए । ‘बर्खा बर्षेनी हाम्रा लागी दु:खको समय हो । कुनै वर्ष छैन् होला घर छाडेर बिद्यालयमा आश्रय लिएर केही दिन बस्नु नपरेको’ माया देवी सुनारले दु:ख पोखे । ‘स्थानियको समस्या तिनै तहका सरकारलाई जानकारी हुदा पनि दीर्घकालीन समस्या समाधान तर्फ ध्यान जान सकेको छैन्’ माया देवी सुनारले भने । स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् । यस वर्ष नगरपालिका बाढीबाट हुने क्षति कम गर्ने योजना अनुसार पूर्वतयारीमा लागेको छ् । दोधारा चाँदनी नगरपालिकाले बाढीबाट हुने पुर्व तयारी तथा प्रतिकार्यको लागी यस वर्ष व्यापक अभ्यास गरेको छ् । तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको मानविय क्षती तथा धनमालको क्षती कम गर्न दोधारा चाँदनी नगरपालिकाले गैरसरकारी संघ–संस्थाहरु संग समन्वय गरि बिगतका भन्दा व्याप्त पूर्वतयारी गर्दै आएको नगरपालिका कार्यालयले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>