Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दाेधारा चादनी
२०८१ भदौ २३ गते आइतबार

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रामलिला संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष आदर्श रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा आदर्श रामलिला समितिका संयोजक किशोर कुमार लिम्बु अध्यक्षतामा बसेको एक बैठकले आउदो घटस्थापना देखि रामलिला नाट्य श्रंखला संचालन गर्ने निर्णय गरेको हो । बिगतका दिनहरुमा लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरन्तरता दिने तयारी भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा नगर प्रमुख किशोर कुमार लिम्बुले बिश्वास लिएको बताउनुभएको छ् । बर्तमान युवाहरुमा बढदै गइरहेको विकृति र भगवान रामले गरेका त्याग तथा बलिदान सिक्नु पर्ने र सिकाउने उद्देश्यले रामलिला नाट्य श्रंखला संचालन गर्न लागिएको बताईएको छ् । लोक संस्कृतीको संरक्षणको लागी संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ् । आदर्श रामलिला नाट्य श्रंखलाले साँस्कृतिक सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि टेवा पुगाउने आदर्श रामलिला नाट्य श्रंखलाका कलाकार टंकलाल जोशीले बताउनुभएको छ् । समाजमा भाईचार, आपसी बेमेलको अवस्था सृजना भईरहेको अवस्थामा समाजमा भाईचारा तथा सामाजिक सदभाव जागृत गराउने नाट्य श्रंखलाको मुल उदेश्य रहेको कलाकार टंकलाल जोशीले बताउनुभयो । १५ दिन सम्म संचालन हुने रामलिला नाट्य श्रंखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको उनिहरुले बताएका छन् । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउने समेत आदर्श रामलिला नाट्य श्रंखलाले सहयोग पुग्ने विश्वास गरिएको छ् । रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखलालाई ब्यवस्थीत गर्न विभिन्न समिति तथा उप–समिति गठन गरिएके छ् । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयमा २०३२ साल देखि घटस्थापना रामलिला संचालन हुदै आएको छ् । तत्कालिन नेकपा माओबादी र सरकार बिचको द्धन्द्ध र कोरोना संक्रमणको कारण केही वर्षहरुमा रामलिला नाट्य श्रंखलाले निरन्तरता पाउन सकेको थिएन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>