Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २८ गते शुक्रबार

प्रचण्ड सरकार भ्रष्टाचार राेक्न थालेपछि काग्रेस एमाले गठबन्धन बन्याे: रावल

नेकपा एकीकृत समाजवादीका नेता प्रकास बहादुर रावलले प्रचण्ड नेतृत्वको सरकारले गरिरहेको भ्रष्टाचार बिरुद्धको अभियान निरुत्साहित पार्नका लागि वर्तमान गठबन्धन बनेको बताएका छन । 
शुक्रबार महेन्द्रनगरमा मेगा सहकारीको सहकारीको ११ औँ बार्षिक साधारण सभाको उद्घाटन कार्यक्तम सम्बोधन गर्दै समाजवादीका केन्द्रीय सदस्य रावलले भ्रष्टाचार बिरुद्धको अभियान निरुत्साहित पार्नका लागि काँग्रेस–एमालेको गठबन्धन बनेको बताएका हुन । 
पुर्व सुप प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका प्रदेश सभा सदस्य रावलले वर्तमान सरकारले भ्रष्टाचारलाई थप संस्थागत गर्नका लागि ५ बर्षे हदम्याद ल्याउन खोजेको बताए । 
रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले देशमा व्यप्त भ्रष्टाचार बिरुद्धमा अभियान संचालन गरिरहेका बेला काँग्रेस, एमालेले प्रचण्ड सरकार ढलाएर आफ्नो नेतृत्वमा सरकार बनाएको बताए । 
‘प्रचण्ड सरकारले गिरीबन्धु टिस्टेट, नक्कली भुटानीशरणार्थी, सहकारी काण्ड सबै प्रकृतिका भ्रष्टाचारकाण्डमा कार्बाही चलाईरहेका बेला एमाले–काँग्रेसका शिर्ष तहकै नेता फस्ने भएपछि सरकार ढलाईयो, ‘उनले भने, ‘केपी ओली नेतृत्वमा बनेको सरकारबाट जनताले सुशासनको अपेक्षा पनि गरेका छैनन ।’
काँग्रेस एमाले नक्कली भुटानी शरणार्थी, सहकारी घोटालादेखि सबै प्रकृतिका भ्रष्टाचार ढाकछेप गर्नका लागि गठबन्धन गरेर सरकार चलाईरहेको बताउँदै उनले वर्तमान गठबन्धनलाई सरकारले नजिकबाट चिनेको बताए । ‘काँग्रेसकै उपसभापति धनराज गुरुङ्ग, एमाले नेता एव लेखा समितिका सभापति सहकारी काण्डमा मुछिएका छन, ‘उनले भने, ‘यति विषय बाहिर सार्वजनिक हुँदा समेत काँग्रेस एमाले चुपचाप बसेका छन ।’ पुर्व प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका रावलले एमाले–काँग्रेस गठबन्धनको सरकारले प्रदेशको बजेट ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन । सुप प्रदेश सभा सदस्य समेत रहेका रावलले सहकारी क्षेत्रको विकृतीदेखि सुधारका लागि प्रदेशमा प्रभावकारी ऐन नियम ल्याउन भूमिका खेल्ने बताएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>