Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ कार्तिक ०५ गते सोमबार

नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका आठाैँ  चरणका खेल सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका  नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा आठाै  चरणका  खेलहरु सम्पन्न भएका  छन् । शनिबारबाट  वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको   साेमबारसम्ममा आठाैँ  चरणका खेल सम्पन्न भएका चेस आर्बीटर विकास चन्दले  बताए ।  
उनका अनुसार एउटा चरणकाे खेल सकिन ३ देखि चार घण्टा समय लाग्ने गरेकाे छ   । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ  ।
बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् । 
यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६९ जना खेलाडी सहभागिता रहेको छ ।  
 नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेकाे छ। 
यी हुन शिर्ष दश  खेलाडी 
प्रतियाेगितामा टप टेन खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । आठाैँ  चरणकाे खेल भईसक्दा सम्म दुई  खेलाडीले ६ खेल जितेका छन् । जसमा राजन सुवेदी र क्षितिज भण्डारी रहेका छन् । 
 त्यस्तै  शिर्ष १० मा  रुपेश जैसवाल, कृष्ण थापा, प्रकास चन्द्र नेपाल, पुरुस्ताेम सिलवाल, धिरेन राई,,  तिर्थ बहादुर बिक,  सुरत दहाल,  टेकेन्द्र राज पाठक,  सराेज महर्जन र दिर्घराज जाेशी  रहेका छन् ।
त्यस्तै सात  खेलाडीले हालसम्म पाँच खेल र  १५ खेलाडीले चार खेलमा जित हात पारेका छन् । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका अन्तिम तीन चरण खेल  भाेली सम्पन्न हुनेछ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>