Samriddhipost
२०८१ मङि्सर १३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १३ गते बिहिबार

भिमदत्त ६ मा कस्ले मार्ला बाजि ?

 १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ। रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६मा वडाध्यक्ष पदका लागि चुनाव हुदैछ ।

राजनीतिक दलका उम्मेदवार आ-आफ्‌नो चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन। दुई स्वतन्त्र सहित १२ उम्मेदवार चुनावी मैदानमा छन । बडाका ५ हजार ४३४ मतदाताहरुका घरमै पुगेर मत मागिरहेका छन । नेपाली कांग्रेसबाट प्रकास बहादुर चन्द, नेकपा एमालेबाट बहादुर चन्द, नेकपा माओवादी केन्द्रवाट नानाराम कोली, नेकपा एकीकृत समाजवादीवाट जितेन्द्र बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टिबाट रामदत्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फवाट यस अधि पनि दुई पटक चुनावमा होमिएका शुशिल कुमार भट्ट, राप्रपा नेपालका दिल बहादुर धामी चुनावी मैदानमा होमिएका छन ।

कांग्रेसका उमेदबार प्रकास चन्द नेवि संघवाट राजनीतिमा, एमालेका बहादुर चन्द शिक्षण पेशावाद राजनीतिमा, माओवादीका नानाराम कोली समाजसेवा हुँदै राजनीतिमा र समाजवादीका युवा जितेन्द्र चन्द कृषिदेखि युवा राजनीतिमा र रास्वपा उम्मेदवार रामदत्त भट्ट शिक्षा क्षेत्रबाट राजनीतिमा होमिए‌का छन । कांग्रेस, एमाले, मात्दी, समाजवादी र रास्वपाका उम्मेदवारका भौतिक पूर्वाधार विकासदेखि आधारभूत ऐजेण्डा समान भएपनि केही भिन्न ऐजेण्डा पनि अधि सारेका छन। जनमत पार्टीका तर्फवाट यादव बहादुर चन्द, नागरिक उन्मुक्ति पार्टिबाट हरिश डगाैरा, नेपाल मजदुर किसान पार्टीबाट दान बहादुर बोहरा चुनावी मैदानमा होमिए‌का हुन।
चार उम्मेदवार एकै टाेलका।
 नेपाली कांग्रेसका प्रकास चन्द, एमालेका बहादुर चन्द, नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द र राप्रपाका शुशिल कुमार चन्द एकै टोल ओल्लोपल्ला धरका हुन। कांग्रेसका उम्मेदववार पकास चन्द र एमालेका उम्मेदवार बहादुर चन्द काका भतिजा हुन। भने राप्रपाका उम्मेदवार शुशिल भट्ट र एमालेका उम्मेदवार बहादुर बन्द पनि मितज्यू हुन।
 २२ वर्ष विद्यार्थि राजनीतिमा खर्चिएका प्रकाश बहादुर चन्द अहिले वडाध्यक्षको दौडमा छन। उनले वडामा रहेका विद्यमान समस्या जस्तै डुवान, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत दुव्र्व्यसनी लगायतका एजेण्डा अधि सारेका हुन। 
यो बडा निकै सम्भावना भएको वडा हो, यहां थुप्रै समस्या र चुनौती पनि छन, ति समस्यामा समाधान गर्दै नागरिकलाई सुविधा दिन मेरी उम्मेदवारी हो, वडामा रहेका तीन सामुदायिक विद्यालय सहित अन्य सस्थागत विद्यालय समेत सुदृढ गर्छु विपन्न विद्यार्थीलाई विशेष छात्रबृति दिन्छु अतिक्रमित भएका सार्वजनिक सड़क सुधार गरि युवा स्वरोजगारका कार्यक्रम अधि बढाउंछु । समग्र बडाको एकीकृत विकास गरेर नगरकै नमुना बडा बनाएर नागरिकलाई सेवा प्रवाह गर्छु।
 झण्डे साढ़े चार दशक शिक्षण पेशामा हजाराै विद्यार्थीलाई मार्ग निर्देश गरेका एमालेका उम्मेदवार बहादुर चन्दले सम्भावना बोकेको बडालाई लागु औषध दुव्यसनी मुक्त बडा बनाउँछु। लागु औषधले किशोरदेखि युवासम्मै ठुलो मानविय क्षति भोगिरहेको बडा लागु औषध मुक्त बडा बनाउँछु आफ्‌नो सेवानिवृत बांकी जिवन समाजकै हित विकास र सेवामा लगाउछु। समाजिक सुरक्षा भत्ता वितरणदेखि नागरिकलाई धर -धर सम्मै सेवा प्रदान गर्छु। विद्युत, सडक विस्तार, शिक्षा सुधार, भौतिक पूर्वाधार विकासका कार्यक्रम अधि बढ़ाएर वडालाई सम्बृद्ध बनाउछु। वडामा ढल निकासकाे समस्या समाधान गर्दै विपदको समस्या हटाउछु। वडामा देखिएको विद्युत सहितका समस्या समाधान गर्दै नागरिकलाई सुखी बनाउँछु। वडामा रहेका सामुदायिक सहितका अन्य विद्यालयमा देखिएका समस्या समाधान गर्दै वडाको दीगो विकासमा मात्रै केन्द्रीत हुन्छु।

 दलित विपन्न गरिव समुदायको समाजिक उत्थानका लागि खटिएका नानाराम कोली नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका छन। जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर काम गर्छु, बडाको भ्रष्टाचारदेखि सार्वजनिक सरकारी अतिक्रमित सरकारी जमिन खाली गराउँछु। बडामा देखिएको डुवान, सिंचाई बेरोजारी, जनतालाई जमिनको  मालिक बनाउँछु । खानेपानी, सड़क, विद्यालय सुधार, खानेपानीको विस्तार गर्छु एकल महिला, दलित, जनजाती विपन्न समुदायलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्छु। वडामा नवराज शिशु जन्मिने वित्तिकै एक हजार प्रोत्साहत भत्ता दिन्छु। निःशुल्क एम्बुलेन्स सेवा, शब वहानको सुविधा बनाउँछु। मुक्त छुट हलिया, कमैयाको पुर्नस्थापना गर्छु, विपन्न एव जेहेन्दार विद्यार्थीलाई निःशुच्छ शिक्षादेखिका परम्परागत सीपलाई आधुनिकरीकरण गर्दै व्यवसायीकता विकास गर्छु।
  समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फवाट चुनावमा होमिएका छन। उनले अहिलेसम्म बडामा कांग्रेस, एमालेले नेतृत्व लिदा पनि जनताकाे उनै समस्या भएकाले समाधानका लागि आफू चुनावकामा होमिएकी छु।
अहिलेसम्म चुनाव जितेर बडा हाकेका एमाले काग्रेले जनताको आधारभूत समस्या बुझ्न सकेनन, न उनीहरुले विधी पद्दति बसाले, त्यही भएर जनता अहिले पनि दुखि छन। मैले समयमा बडाको समस्या पहिचान गर्दै ति समस्याको अल्पकालीन होईन, दिर्घकालिन समस्या समाधानका लागि योजना ल्याउछु । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि पर्यटन, शिक्षकको क्षमता विकास गर्नु, वडाका सेवा पारदशी, खानेपानी, सडक सुरक्षा, लागुऔषध नियन्त्रण, भौतिक पूर्वाधार विकास गर्छु। मैले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्छु, किसानलाई सिंचाईदेखि मल दिलाउँछु, फोहोरमैला र गाइ व्यवस्थापन, भ्रष्टाचारमुक्त गराउछु।

 युवा राजनीतिमा होमिएका जितेन्द बहादुर चन्द नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन। उनले पछिल्ला वर्षहरुमा युवाहरु स्वदेशमा रोजगारी छैन भनेर विदेश पलायन हुने अवस्था सृजना भएको छ। हामी यहा एकातिर बजारीकरण अकोतिर कृषिमा पनि सम्भावना बोकेकाे छ राजमार्ग क्षेत्रमा बजारीकण, उत्तरमा कृषि विकास कार्यक्रम गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगारि बनाउँछु। प्रशासनिक कामकाज सेवा प्रवाह चुस्तदुरुस्त बनाउँछु एक टाेलमा एक उत्पादन अभियान अधि बढाउछु युवादेखि आमा सबैलाई कृषि समूहमा जोडछु स्थानीय उत्पादन पर्वद्धन गर्छु कृषि, पशुपालनका कार्यक्रमलाई युवामुखी बनाउँछु बाढिकाे समस्या हटाउछु सडक स्तरोन्नती गर्छु, लागु पदार्थको दुर्व्यसनी हटाउँछु, खानेपानी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, छाडा पशु बीपाया नियन्त्रण, विद्युतका समस्या लगायतका समस्या बडामा देखिएका समस्या समाधान गर्दै बडालाई स्वरोजगार मैत्री वडा बनाएर वडाबासीलाई स्वदेशमै आत्मनिर्भर बन्ने कार्यक्रम लाग गर्छु।
 तेस्रो पटक बडाध्यक्षका लागि दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शुशिल कुमार भट्टले बडालाई भ्रष्टाचारमुक्त गराउने एजेण्डा अघि सारेका छन । उनसे यस अधि बडा सम्हाल्ने कांग्रेस, एमालेहरुले भष्ट्राचार गरेर बडाको वृद्धि विकास हुन नसकेको भन्दै शुरुवातमै भ्रष्टाचार मुक्त गराउने एजेण्डा अघि सार्दै वडाको विकासका लागि मैले चुनावमा मतदातासग भोट मागिरहेको छु । जनताका स्थानीय समस्या पहिचान गर्दै समाधान गर्छु, सड़क, सिंचाई, पुल पुलेसा बनाउँछु । जातिय, क्षेत्रीयता नभनिकनै समाजको विकास गर्छु। घर घर पुग्दै मतदातासंग मत मागेर यसरी चुनाव जितेपछि जनताको सेवा गर्छु मैले चुनाव जितेपछि कर्मचारीदेखि दलका कुनैपनि नेतालाई भ्रष्टाचार गर्न दिदैन भन्दै हिडेको छु मलाई तेस्रो पटक जनताले पत्याउने आशा लिएको छु। 
जनमत पाटीका उम्मेदवार यादव बहादुर चन्द परिचित व्यक्ति हुन। उनी वालजागृ‌ती कलेजका सचालक समेत रहेका चन्द अहिले जनमत पाटीवाट चुनावमा होमिएका छन । चन्दले ठुला दलबाट केही नभएको भन्दै आफू चुनावमा होमिएको बताए । 'मैले भीनपा ६ वर्षातका वेला विपदमा पर्ने वडा हो, समान्य वर्षा हुँदा पनि यहां घर खेतबारी डुवान परेर जनताले सास्ती खेप्नु परेको छ, यो वहालाई विपद मुक्त वडा बनाएर जनतालाई बचाउने काम गर्छु।' सडक सहितका पूर्वाधार विकास गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, युवायुवतीलाई रोजगारी, निःशुल्क एम्बुलेन्स सेवा सहित समाजिक सुरक्षा सहितका सम्वृद्ध नमुना वडा बनाउने एजेण्डा लिएर चुनावमा होमिएको छु।
  सशस्त्र प्रहरीबाट हालै सेवानिवृत भएका हरिष डगौरा यस अघि कुनैनि पाटीमा थिएनन्, थारु नेता रेशम चौधरी नेतृत्वको नारिक उन्मुक्तिबाट घर आउने बित्तिकै राजनीतिमा होमिएका उनले जनताका आधारभूत थुप्रै समस्या समाधान गर्ने चुनावी एजेण्डा अधि सारेका छन । आफू सशस्त्र प्रहरीका हुँदा सानो दर्जाको भएकाले सोचे अनुरुप नीतिगत काम गर्न सकेके थिएन यहाँ नेतृत्व पाए काम गर्छु । पुराना दलबाट जनताले अपेक्षाकृत सेवा पाएनन, हाम्रो दलबाट म गर्छु । हाम्रो वडा वाढिप्रभावित वडा हो, सकेजती बाढीपीडितको समस्या समाधान गर्छु । गरिव विपन्न समुदायको शिक्षा, स्वास्थ्यका लागि पनि पहल गर्दै वडाका समस्या समाधान गर्छु ।

 पुर्व शिक्षण पेशा हुँदै अहिले कानून व्यवसायी अधिवक्ता समेत रहेका दल बहादुर बोहरा पनि नेपाल मजदुर किसान पाटी (नेमकिपा) वाट चुनावमा होमिएका छन । उनले पछिल्ला दिनहरुमा समाजमा लागु औषधको विगविगि बढिरहेका वेला, किशोरदेखि युवासम्मै कुलतमा फसेकाले समान लागु औषधले ध्वस्त भईरहेका वेला लागु औषध मुक्त वडा बनाउने एजेण्डा अघि सारेका छन । जनतालाई लागु औषधवाट बचाउन सके अन्य वडाको विकास निर्माण सम्वृद्धि पनि स्वत: त्यही अनुरुप हुन्छ मैले लागु औषध सेवनकर्तालाई पनि कक्षा दिएर छाडने बनाउछु । समग्र वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सिंचाई, संचार, कृषि, व्यवसाय, उद्यम लगायतका योजना अधि सारेर वडा सम्वृद्धि बनाउँछु। 
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा नेपाल) का उम्मेदवार दिल बहादुर धामी पनि पहिलो पटक वडाध्यक्षको दौडमा होमिएका छन । उनले यस अधि कांग्रेस, एमाले, माओवादी, राप्रपा सबै दललाई जनताले हेरेको यस पटक राप्रपा नेपालको पालाे भएको वताए । अर्को राप्रपाले पनि हिन्दुधर्म, राजतन्त्र भन्दै मत मागिरहेको छ मत यस्तो गर्दैन, यो स्थानीय चुनाव पो हो। हाम्रो वडामा सबैभन्दा बढी छाडा पशु चौपायाको समस्या छ, उक्त समस्या समाधान गर्ने मेरो योजना छ । दुध दिदासम्म पाल्ने त्यसपछि छाडा सडकमा छाड्ने प्रबृति एकतिर अर्कातिर किसानको खेतवारी स्वाहा भएर जनतालाई खाद्यान्न समस्या भएको छ सकेजती म त्यही काम गर्छु । समग्र वडाको विकासका खटिनेछु । गत वर्ष कांग्रेसवाट निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको निधन भएपछि यस वर्ष ०८१ मा उप निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>