सुदुरपश्चिम प्रदेश नेतृत्वका लागि तीन पत्रकार चुनावी मैदानमा होमिएका छन । पत्रकार महासंघ सुप प्रदेशको तेस्रो कार्यकाल नेतृत्वका लागि निर्वाचन हुदैछ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वका लालागी पत्रकारत्रय केशवराज जोशी, मिन बहादुर बम र भरत शाहले उम्मेदवारी दर्ता गराएका हुन ।
पत्रकार महासंघ सुप प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार उपाध्यक्ष मान बहादुर साउद, राम धामी, महिला उपाध्यक्ष कालीमैया चौधरी (उन्नती), हेमन्ती डगौरा (चौधरी), महासचिव शिवराज भट्ट, हरि प्रशाद जोशी, सचिव समासेवी तर्फ ईन्द्रा कुमारी केसी (ईन्दु), मुकेश टेर्रा, रमेश परियार, कोषाध्यक्ष वरुण पनेरु, हर्क बहादुर विक (हरिस), खुला ५ सदस्य कोटामा अर्जुन बहादुर सिह, आशिष बहादुर ढाँट, केशव दत्त भट्ट, कृत बहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेश बहादुर खठायत, पदम बहादुर बोहरा, वासुदेव भट्ट (सित्तल), रमेश कुमारी केसी, लिलाजंग शाही, सुभाष कठायतले उम्मेदवारी दिएका छन ।
३ महिला सदस्य तर्फ दुर्गा देवकोटा, भुवनेश्वरी कुमारी शाही, सन्तोषी रावल, दलित सदस्य तर्फ प्रदिप मलासी, सदस्य आदिवासी जनजाती तर्फ छविलाल चौधरी, भीम बहादुर चौधरी, सदस्य मधेशी तर्फ सागर कुस्मी, अपाङ्गता सदस्य नहकुल जिसी निर्विरोध निर्वाचित भएका छन ।
निर्विरोध निर्वाचित भएका ८ सदस्यको आधिकारितक घोषणा गर्न बाँकी छ । सुप प्रदेश पत्रकार महासंघ निर्वाचन समितिका संयोजक चित्राङ्ग थापा, सदस्य सिद्धराज भट्ट, अधिवक्ता समेत रहेका पुष्प विक्रम शाही रहेका छन । २८ मंसिरमा हुने नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिका लागि प्रदेश, केन्द्रीय मनोनयन दर्ता भएको र २६ मंसिरमा जिल्लाको दर्ता हुनेछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया