Samriddhipost
२०८१ पुष ०७ गते आइतबार
महेन्द्रनगर
२०८१ पुष ०६ गते शनिबार

अब पार्टीभित्र सबैलाई न्याय हुन्छः डा.कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे भने, अब पार्टीभित्र अन्याय हुदैन् । न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिने बताए । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेकाे छु ।  
बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन् । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ, कोइराला भने । 
कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ । 
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको कोइरालाले दाबी गरे । उनले भने, यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर सरकारको कार्यशैली भने सन्तोषजनक नभएको बताए । उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए । 
सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ ओटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट शुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो । कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए । जिल्लागत रुपमा जिल्लाका समस्याहरुको बारेमा नौ वटै जिल्लालाई सम्बोधन समेत गरेका थिए । 
भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरुलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए । १५ औं महाधिवेशनमा आफूहरु डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता जनाउदै पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए ।


#शेखर काेइराला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>