Samriddhipost
२०८१ माघ ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ पुष ०८ गते सोमबार

गृहमन्त्रीका भान्जा कुट्ने ८ काग्रेसि नेता कार्यकर्ता प्रहरी खाेरमा ।

काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका काभ्रेका काग्रेस नेता कार्यकर्ताबाट गृहमन्त्री रमेश लेखकका भान्जामाथि भएको निर्घात कुटपिट घटनामा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाउने भएको छ।
बैतडी घर भएका रमेश भट्टमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तरुण दलका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका उपर आइतबार ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका भट्टको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
काभ्रेली समूहले एक्कासी एक्ला भट्टमाथि मरणासन्न हुने गरी कुटपिट गरेको सिसिटिभी भिडियो बाहिर आइसकेको छ। सो घटनामा पक्राउ पर्नेहरुमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ समेत छन्।
रोशी गाउँपालिका ४ महादेवटार घर भएका उनी यसअघि ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। पक्राउ परेका अर्का सुजन लामा तरुण दलका काभ्रे अध्यक्ष हुन्। उनी पनि गुन्डागर्दीमा संलग्न व्यक्ति हुन्।
काभ्रेको भुम्लु गाउँपालिका ४ घर भएका उनी ललितपुरमा व्यवसायी राजन लामामाथि आक्रमण गरेको घटनामा पक्राउ परेका थिए। उनी भुम्लुका गाउँपालिका उपाध्यक्ष दावा लामाका निकट हुन्।
त्यस्तै, पब्लिक युथ क्याम्पस, धोबिचौरका स्ववियु उपसभापति रहेका काभ्रे तिमालका मिलन लामा, तरुण दलको भुम्लु गाउँपालिका अध्यक्ष सुलभ पहारी, तरुण दलका काभ्रे जिल्ला सदस्य युवराज लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तरुण दल अध्यक्ष दावा लामाका साथै डम्बरबहादुर कार्की र शक्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुबाट पीडित भट्ट गृहमन्त्री रमेश लेखकलाई मामा भन्ने गर्दछ्न्। सोही कारण गृहमन्त्रीले कांग्रेसकै नेता भएपनि थुन्न निर्देशन दिएको प्रहरी स्रोत बताउँछ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>