रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङमा फसेका ८ जना मध्ये ४ जनाको शव भेटिएको छ । बुधबार गोताखोरहरूले ३ जनाको शव र एउटा मानव अङ्ग फेला पारेका हुन् । नेपाली सेना, सशस्त्र र भारतीय टनेल विशेषज्ञहरूले चिलिमेमा फसेकाहरूको खोजी तीव्र बनाउँदै आएका थिए ।
सुरुङभित्रबाट लगातार पानी आएपछि गोताखोर टोलीले १३० मिटर भित्र प्रवेश गरेर शव निकालेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिए । उनले भने, ‘टनेलभित्रबाट ३ वटा शव र एउटा मानव अङ्ग निकालिएको छ।’
चीनको ल्हेन्दे खोला हुँदै आएको भिषण बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ११ वटै आयोजनाको टनेलमा मानिसहरू फसेका छन्। नेपाली सेनाको नेतृत्वमा अहिले ६ वटा आयोजनामा खोज तथा उद्धारको काम भइरहेको छ ।
हालसम्म सुरुङबाट ९ वटा शव निकालिएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा २ जनाको शव भेटिएको थियो । ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा दुई जनाको शव भेटिएको हो।
लाङटाङ खोला जलविद्युत आयोजनामा पनि यसअघि २ जनाको शव भेटिएको थियो । चिलिमेमा एउटा खुट्टाको भाग सहित ४ जनाको शव भेटिएको हो । त्रिशूली–३ ए मा १ जनाको शव भेटिएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, विदेशबाट आएका टनेल विशेषज्ञ र आयोजनाका प्राविधिक सहितका उद्धारकर्मीहरूले अहिलेसम्म टनेलबाट ३ जनालाई सकुशल उद्धार गरेका छन् । उद्धारकर्मीहरूले भदौ १९ मा त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनको जीवितै उद्धार गरेका थिए।
भदौ २० मा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङको २२५ मिटर भित्र सुरुङबाट चिनियाँ नागरिक लुआइतोलाई सकुशल उद्धार गरिएको थियो । रसुवागढी जलविद्युत आयोजनाबाट सुरुमा दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
चिलिमे जलविद्युत आयोजनामा उद्धारकर्मीहरूले पावरहाउस क्षेत्रमा खोजी तीव्र पारेका छन्। २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागी सेनाले स्याफ्रुबेँशीदेखी चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान बाटो बनाएका थिए।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया