Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १६ गते बुधबार

लालझाडिमा अध्यक्ष कप फुटवल आज देखि हुने

कञ्चनपुरको लाल झाडीमा तेस्रो संस्करणको लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता आज उद्घाटन गर्ने तयारी भइरहेको छ । लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ हुन गइरहेको छ । इटाहा चारपाते युवा क्लब देखतभुलीको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु हुने आयोजकले बताएको छ । लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने समितिका सदस्य सचिव हेमन्त रानाले बताए । मंगलबार खेल तालिका सार्वजनिक गरिएको थियो । प्रतियोगितामा युवा र भेट्रानको अलगअलग खेल तालिका सार्वजनिक गरिएको छ ।
युवा तर्फ २० टिमको सहभागिता रहेको छ भने भेट्रान तर्फ ८ टिम रहेका छन् । नकआउट आधारमा खेलाइने उक्त प्रतियोगिताका खेल आज एक कार्यक्रमका साथ मध्याह्न १२ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको आयोजक लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन् । उनका अनुसार, प्रतियोगिताको उद्घाटन खेल लालझाडी -२ कञ्ज र न्यु प्रगतिशील युवा क्लब बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुने छ । लालझाडी गाउँपालिका मुख्य प्रवर्द्धक, लालझाडी गाउँपालिका वडा नं. ५ को वडा कार्यालय र इटाहा चारपाते युवा क्लबको समेत प्रतियोगितामा समन्वय तथा सहयोग रहेको छ ।
तेस्रो संस्करणमा युवा तर्फ च्याम्पियन हुने टिमले नगद राशि १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र मेडल हात पार्ने छन् । उपविजेता टिमले भने ७१ हजार १ सय ७१ रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको समेत घोषणा गरिएको छ । भेट्रान तर्फ प्रथमलाई रु. ११ हजार १ सय ११ सहित खसी, ट्रफी, प्रमाणपत्र र मेडल तथा उपविजेतालाई खसी, ट्रफी, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिने बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>