Samriddhipost
२०८१ फागुन ३० गते शुक्रबार
महेन्द्रनगर
२०८१ फागुन ३० गते शुक्रबार

बसाइँ उपन्यासका लेखक क्षैत्रीकाे धर्ती बाट बसाइँ सर्याे ।

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो। 
क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् । 
क्षेत्रीलाई वर्ष २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो ।  त्यसअघि क्षेत्री भारतीय साहित्यलाई प्रदान गरिने सर्वोच्च पुरस्कार साहित्य अकादमी पुरस्कार र नेपालको मदन पुरस्कार गुठीबाट प्रदान गरिने जगदम्बाश्री पुरस्कार जस्ता पुरस्कारबाट सम्मानित भइसकेका थिए ।
लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो । त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित रहेको छ ।
क्षेत्रीलाई शिक्षा र साहित्य विधामा पद्मश्री पुरस्कार प्रदान गरिएको हो । उनको आजीविकाको क्षेत्र अध्यापन र रुचिको क्षेत्र साहित्य लेखन हो । उनले शिक्षा क्षेत्रमा लामो समय सेवा गरेका छन् । उनलाई प्रसिद्धि दिलाउने काम भने साहित्यले गरेको हो । अहिले उनका कृति अन्य भाषामा समेत अनुवाद भएका छन् । 
उनको ‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयको प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् । त्यसका साथै त्यस उपन्यासको अनुवाद असमिया, हिन्दी, चिनियाँ, थारू भाषामा पनि भएको छ । त्यसले क्षेत्रीलाई अन्तर्राष्ट्रिय लेखकका रूपमा उभ्याएको छ । त्यसैले उनले यो पुरस्कार पाउनुमा साहित्य लेखनको नै मुख्य भूमिका रहेको देखिन्छ ।  

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>