नेपाली सेनाले कृष्णपुर नपा २ बंक कंचनपुरका विद्यार्थीहरुलाई राष्ट्रिय सेवादल तालिम अर्थात एनसीसी तालिम दिने भएको छ ।
बालबालिका र युवायुवतीहरूलाई राष्ट्रप्रेमी बनाउनुका साथै लागुऔषध दुव्यसनी र विपद व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्य राखेर नेपाली सेनाले विद्यार्थीलाई एनसीसी तालिम दिन्छ। कंचनपुरमा नेपाली सेनाले हरेक बर्ष केहीविद्यालयका विद्यार्थीलाई यस्ता तालिम दिदै आएको छ ।यसैक्रममा यो बर्ष नेपाली सेनाले श्री उदय मावि बंक कंचनपुरका विद्यार्थीलाई एनसीसी तालिम दिन छनोट गरेको हो ।
तालिममा ३० जना विद्यार्थीको सहभागिता रहने छ। २०८२ जेठ २५ गतेदेखि श्री श्रीदल गुल्म भगतपुर भिमदत्तनगर ब्यारेकले यो प्रक्रियालाई अगाडि बढाउने जानकारी साहित्यकार तथा वि.व्य.स.अध्यक्ष दिपेन्द्र पाल (सिर्जन श्री)ले जानकारी गराउनु भएको छ। विद्यार्थीले यो तालिमबाट सैद्धान्तिक र व्यवहारीक ज्ञान सिक्ने छन् ।’ जसले समाजमा आइपरेका समस्या सगँ जुध्न र असल नागरिक बनाउन टेवा पुग्ने छ भन्ने विश्वास सेना र विद्यालयले लिएको छ सिर्जन श्रीले भने ।
यस्ता तालिममा उत्कृष्ट नतिजा ल्याउने क्याडेट छात्र-छात्राहरु र विद्यालयहरुले राष्ट्रिय स्तरमै पहिचान प्राप्त गरी बिभिन्न शिल्ड, मेडल तथा पुरुस्कारहरु प्राप्त गर्ने व्यवस्था पनि रहेको हुन्छ। मित्रराष्ट्रहरु भारत, श्रीलंका, वंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तानमा संचालन हुने यूवा आदान प्रदान कार्यक्रममा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने गर्छन् । नेपाली सेनाले दिदै आएको यो तालिमले समाजमा लागुऔषध दुव्यसनीको न्युनिकरण र बेला बेलामा आइपर्ने प्रकृतिक विपदजन्य व्यवस्थापनमा ठुलो सहयोग हुदै आएको कुरा उदय माविकै पिटिए सदस्य भुपु नेपाली सैनिक तथा अन्तर्राष्ट्रिय खेलाडी दिनेश पाण्डेले बताउनु भयो ।
उदय मावि पछिल्ला रास्ट्रपति रनिङ शिल्ड लगायतका प्रतियोगिताहरूमा नगर,जिल्ला र प्रदेशमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । उदय मावि कंचनपुरकै राम्रा विद्यालयहरूमा पर्ने गर्दछ ।
राष्ट्रिय सेवा दल (एनसीसी) ले यही जेठमा जुनियर डिभिजन तालिमको लागि विद्यार्थीहरू छनोट गर्ने छ। विद्यार्थीको उचाई, तौल र अन्य स्वास्थ्य परिक्षण गरि सेवा दलले तालिमको लागि विद्यार्थी छनोट गर्छ।
देशभरिका विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई सहभागी गराएर हरेक वर्ष राष्ट्रिय सेवा दल तालिम संचालन गर्ने गरिन्छ। जसको लागि देशभरिका विभिन्न विद्यालयले निवेदन दिने गर्दछन। प्राप्त निवेदन र सेवा दलको स्व अनुगमनपछि तालिमको लागि विद्यालय छनोट गरिन्छ। कंचनपुरका दर्जनौं विद्यालयबाट तालिमको लागि निवेदन प्राप्त भएपनि कृष्णपुर नपाबाट भने यसबर्ष उदय माध्यमिक विद्यालय मात्रै छनोटमा परेको कुरा कृष्णपुर २ का वडाध्यक्ष अर्जुन साउँदले बताए ।
यसमा भागलिन विद्यार्थीको शारीरिक र स्वास्थ्य जांचको काम पहिलो सर्त हो ।
जुनियर डिभिजनको तालिममा सहभागी हुनको लागि १४ देखि १६ उमेर समुहका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरू योग्य हुन्छन। जसमा छात्राको उचाई कम्तिमा ५ फुट र छात्राको उचाई ४ दशमलब १० फुट हुन आवश्यक छ । यस्ता विद्यार्थी आफुसँग यथेष्ट भएको कुरा विद्यालयका प्रअ बम्मन रानाले बताउनु भयो ।
विक्रम सम्बत २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले विद्यार्थीको सर्वाङ्गिण शारीरिक विकास र अनुशासनका लागि हरेक वर्ष विद्यार्थीलाई तालिम दिंदै आएको छ। राष्ट्रिय सेवा दलले हालसम्म एक लाख नजिक छात्र छात्राहरुलाई उक्त तालिम प्रदान गरिसकेको छ ।
के हो एन सी सि तालिम?
सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी दिईने उक्त तालिमको लागि विद्यार्थीले शारीरिक र स्वास्थ्य परिक्षा पास गर्नुपर्छ भने तालिममा सहभागिताका लागि विद्यार्थी स्वयं र अभिभावकको समेत अनुमति आवश्यक हुन्छ।
७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ। सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् ।
७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिन्छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।
यसरी तालिम लिएका युवाहरुले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा योगदान दिनसक्ने र सुरक्षासंग सबन्धित कार्यमा महत्वपुर्ण कार्य गर्न सक्ने हुनाले यस प्रकारको तालिम महत्वपुर्ण मानिन्छ।
संघीय गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत २०२८ सालमा यो तालिम लिएका थिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया