Samriddhipost
२०८२ बैशाख २२ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २१ गते शनिबार

विपन्नलाई घर : नगरप्रमुख आवास कार्यक्रम अन्तर्गत दोधारा चाँदनीमा घर निमार्ण हुदै

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगरप्रमुख आवास कार्यक्रम अन्तर्गत घरहरु निमार्ण हुन थालेका छन् । चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई नगरप्रमुख आवास कार्यक्रम अन्तर्गत १० वटा घर निमार्णको सुरुवात गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । शनिवार एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले आवास कार्यक्रमको शुभारम्भ गर्नुभएको छ् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई आवास निमार्ण गर्न दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगरप्रमुखको योजना तथा कार्यक्रम अन्तर्गत ‘मेयर आवास कार्यक्रम’ अन्तर्गत रु. २० लाख रकम बिनियोजन गरेको हो । नगरपालिकाका अधिकांश सबै वडालाई समेट्ने गरि आवासहरु निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाका घरपरिवारलाई छनौट गरि आवास कार्यक्रम अघि बढाएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । गरिब तथा विपन्नलाई घर दिने उद्देश्यले आफ्नो योजना तथा कार्यक्रम अनुसार वर्षेनी आवास कार्यक्रमका लागी बजेट बिनियोज गर्दै आएको उहाँले बताउनुभएको छ् । उपभोक्ता समिति मार्फत आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने गरि आवास कार्यक्रम अघि बढाईएको हो । सहारा विहीन र बुढेसकालमा मेयर आवास कार्यक्रमले ठुलो उपकार गरेको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि उपसचिव राजिव खड्काले बताउनुभयो । निरन्तररुपमा दोधारा चादनी नगरपालिकामा सञ्चालनमा आएको मेयर आवास कार्यक्रम समय सान्द्रभिक रहेको उहाले बताउनुभएको छ् । गरिबहरुको घर निमार्ण गरि सहयोग गरेको भन्दै उपसचिव राजिव खड्काले दोधारा चाँदनी नगरपालिका कार्यालयलाई बिशेष धन्यबाद दिनुभएको छ् । एक घर निमार्ण गर्न झण्डै रु. २ लाख लाग्ने भएको बताईएको छ् । आर्थिक अवस्था कमजोर भएको र राम्रो घर नहुदा बर्षाया र हिउदमा धेरै समस्या भोग्दै विपन्न घरपरिवारलाई मेयर आवास कार्यक्र बरदान साबित भएको स्थानियबासीहरुले बताएका छन् । कार्यक्रम अनुसार कर्कट पात सहित २ पक्की कोठाको घर निमार्ण गरिने योजना रहेको छ् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>