Samriddhipost
२०८३ साउन २८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २८ गते बिहिबार

बेदकोट ८ का अध्यक्षसहित नागरिकको लालपुर्जाका लागि संघीय सरकारलाई ध्यानाकर्षण ।

कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडा सहितका स्थानीयले वषौंदेखि जमिनको उपभोग गर्दै आएका नागरिकलाई लालपुर्जा वितरण कार्यमा सहजिकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधवार बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश राज जोशी, भूमि हकहितका लागि संघर्ष समितिका अध्यक्ष पदम सिह धामी सहितका स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन । बेदकोट नगर पालिका ८का वडाध्यक्ष महेशराज जोशीले जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई ज्ञापन पत्र बुझाएको बताए । वडाध्यक्ष जोशीका अनुसार ५५ वर्षदेखि बसोबास गर्दै आएका ६३ परि वारले पुराना पुर्जावालालाई न्यायोचित अधिकार तथा ०६७का पुर्जावाला १० बर्षे हदबन्दी खारेजीको माग अघि सारेका छन ।

०३६सालमा नक्सा भईसकेका, ०५४मै नापी भईसकेको, ०६७सालमै तत्तकालिन आयोग मार्फत जग्गाधनी प्रमाण पत्र पाईसकेका र आयोग, राज्यले श्रेस्ता कायम

नहुँदा अधुरै रहेका पुर्जा पुर्ण गरिदिन माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्‌दै जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले समस्या अध्ययन गरेर अघि बढ्ने बताएका छन । स्थानीयले क्षेत्र ३का सासद ज्ञानेन्द्र सिह महता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, जिल्ला भूमि आयोग, वेदकोट नगरपालिका र बेदकोट ८ वडा कार्यालय सहितको उक्त समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन । यस अघि क्षेत्र ३का सासद महता सचिवालयमका समेत उक्त समस्या बारे अवगत गराएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>