Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २६ गते मङ्गलबार

कटुवा पेस्तोल राखेको आरोपमा ४ जना पक्राउ ।

कञ्चनपुरमा कटुवा पेस्तोलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-१ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ का १८ वर्षीय बिपिन सिंह, २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका-६ का २० वर्षीय राजेन्द्र सिंह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई भीमदत्त नगरपालिका-१८, सालघारीमा शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गरिएको थियो। सो क्रममा बिपिन बस्दै आएको मामा-भान्जा चोकस्थित कोठामा लुकाएर राखिएको कटुवा पेस्तोल फेला परेको हो उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>