नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका घेराबन्दी र कानुनी उल्झनहरूबाट विचलित नहुने उद्घोष गरेका छन्।
पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएर चुनदेवीस्थित निवासमा नेता-कार्यकर्ताहरूलाई सम्बोधन गर्दै देउवाले आफ्नो ५० वर्षे राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे।
आफूविरुद्धका षड्यन्त्रहरूतर्फ लक्षित गर्दै देउवाले भने, ‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ ? लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन सक्दैन।’
आफूविरुद्ध परेका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू कहिल्यै नडराउने बताए। ‘अदालतमा १० पटक, २० पटकसम्म छानबिन भयो तर केही भेटिएन,’ देउवाले भने, ‘अहिलेसम्म ५० वर्ष काम गरेको छु, एक रुपैयाँ कतै तलमाथि भएको छैन। त्यसैले जतिपटक छानबिन भए पनि मलाई कुनै डर छैन।’
देउवाले मुलुकमा स्थापित गणतन्त्र कुनै व्यक्तिको इच्छाले नभई जनताले चुनेको संविधानसभाले ल्याएको स्मरण गराए। ‘नेपालका जनता नै यो देशका असली मालिक हुन्, मालिकले जे भन्छ त्यही हुन्छ,’ उनले थपे, ‘अदालत र जनताले सबै सत्य बुझेका छन्, मविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिनेछ।’
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै चुनदेवी निवास पुगेका निवर्तमान सभापति देउवालाई ठूलो संख्यामा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया