Samriddhipost
२०८३ असोज ०४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज ०३ गते शनिबार

महाकाली सिँचाइको अतिक्रमण हटाउने ती कार्यालय प्रमुख

महाकाली सिँचाइ कञ्चनपुरको खेती योग्य जग्गाको लागि प्रमुख सिँचाइको स्रोत हो।  यो प्रणाली तराइको एउटा ठूलो सिचाइ प्रणाली हो। यस प्रणालीले सुदुर पश्चिम प्रदेश कञ्चनपूर जिल्लाका चार वटा स्थानियतहमा सिचाइ सेवा उपलब्ध गराउदै आइरहेको छ। भिन्नता नगरपालिका वेदकोट नगरपालिका बे बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको ११ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ।

यो प्रणालीको पहिलो चरण अन्तर्गत रहेको महाकाली नदीदेखि नेपालतर्फ आएको नहर नेपाली भूभागमा पुगेदेखि दैजीसम्म मूल नहर अधिकांश भूभाग अतिक्रमणमा रहेको थियो। मूल नहर क्षेत्रमा घर, पसल, गेट, गोठ र खेतबारी लगायतका संरचना निर्माण गरेर अतिक्रमण भएको थियो।

यो मूल नहर बाहेक शाखा नहरहरूमा घरगोठ, खेतबारी, पसल, मन्दिर, र सुकुम्बासी बस्ती लगायतका संरचनाहरू निर्माण गरिएका देखिन्छन्।

यसरी वर्षौंदेखि अतिक्रमण गरेर नहर संरचना नै बिग्रिएको अवस्था थियो भने मूल नहर अतिक्रमणबाट जोखिममा परिसकेको अवस्था थियो। सरकारले सिँचाइका लागि नहर व्यवस्थापन गर्न वार्षिक करोडौं लगानी गर्ने तर यहाँ अतिक्रमणले समस्या दिइरहेका बखत कार्यालय प्रमुखका रूपमा प्रमोद तिम्सिना आए । युवा उमेरका यी कार्यालय प्रमुख आएको पहिलो वर्ष महाकाली सिञ्चित गर्ने चारवटा स्थानीय तहमा भएका नहर प्रणाली मात्रै होइन कञ्चनपुर, कैलाली, बर्दिया, बाके र सुर्खेत जिल्लामा भूमिगत सिँचाइको काम समेत गरे । दोस्रो वर्ष भूमिगत सिँचाइको काम अरुनै कार्यालयमा सरेर गएपछि अब नहर प्रणालीको सिँचाइ मात्रै बाँकी रह्यो। यो सिँचाइ प्रणालीको अतिक्रमणतर्फ ध्यान केन्द्रित गरी नहर प्रणालीमा भएको अतिक्रम हटाउन सूचनाहरू निकाल्ने, अतिक्रमण भएका ठाउँका मानिससँग समन्वय गर्ने भेटघाट गर्ने, विभिन्न छलफल कुराकानी अगाडि बढाउने कार्य गरे । अनि भयो महाकाली सिँचाइ नहर प्रणालीको अतिक्रमण हटाउने कार्य न कुनै तडकभडक थियो न कुनै सुरक्षा संयन्त्रको उपस्थिति न अतिक्रमणकारीहरूको जत्था जुलुस र विरोध शान्त रूपमा समन्वय र सहजीकरण गर्दै अतिक्रमण हटाउन सुरु भयो।

कार्यालय प्रमुख प्रमोद तिम्सिना

कार्यालय प्रमुख प्रमोद तिम्सिनाको नेतृत्वमा रहेको कार्यालय टिमले गड्डाचौकी देखि क्रमश दैजीसम्मको प्रथम चरण मूल नहर खण्डको आफ्नो भूभागको नावजाँच गरी रेखाङ्कन गरे अतिकरण भए गरेका संरचना हटाउन समन्वय गर्दै क्रमश अतिक्रमण गरेका मानिसहरूले स्वयं अतिक्रमण हटाउन थाले। बनाएका पक्की संरचना आफै तोड्न थाले। केही अटेर गरी बसेका सूचना गर्दा पनि नमान्ने समन्वयमा नआउने हरूलाई कार्यालयले आफ्नै कर्मचारी र मेसिन पठाएर संरचना हटाउन थाल्यो यस पछाडि महाकाली सिँचाइ प्रथम चरणको मूल नहरखण्डको अधिकांश अधिकरण हटेको छ। शाखा नहर क्षेत्रमा पनि केही अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाएका छन्। यो हटाउने क्रम बर्सातमा समेत निरन्तर जसो चलिरहेको थियो। यो क्रमसँगै कार्यालय प्रमुख नियमित सरुवामा परे र उनी महाकाली सिँचाइबाट सिँचाइ विभागमा सरुवा भइगए ।

कर्मचारी सरुवा हुनु नियमित प्रक्रिया हो। नियमित प्रक्रिया अन्तर्गत सरुवा भइगए पनि महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका कर्मचारी र महाकाली सिँचाइ क्षेत्रका मानिसहरूले ती कार्यालय प्रमुख तिम्सिनालाई सम्झिरहनेछन् उनले दिएको योगदान सम्झन लायक मानसपटलमा राखिराख्नेछन् । 

किन पनि यो सान्दर्भिक देखिन्छ भने यसभन्दा विगतका कार्यलय प्रमुखहरूले सिँचाइको अतिक्रमण हटाउन प्रयास नगरेका होइनन् तर अतिक्रमणकारीहरूसँग उहाँहरूको सिप चलेन अतिक्रमण हटाउन सुरु नै गर्न सकिएन।

तिम्सिनाका ठाउँमा आउने कार्यालय प्रमुखलाई सिँचाइ प्रणालीमा हटाउन बाँकी रहेको अधिक हटाउने दायित्व 

के हो महाकाली सिँचाइ ?

 महाकाली नदीको शारदा ब्यारेज(जुन १९२८ मा र्बिटीस इन्डियन सरकारले बनायको )बाट नेपाल र भारत सरकारको १९९६ को सम्झैता अनुसार बर्खायममा २८.३५ क्युमेक( १००० क्युसेक) १५ मे देखी १५ अक्टोबर सम्म र हिउदेयममा ४.२५ क्युमेक ( १५० क्युसेक) १६ अक्टोबर देखी १४ मे सम्म भारत सरकारबाट यस प्रणलीलाइ पानि उपलब्ध भइरहेको छ। यस प्रणालीलाइ शुक्लाफाटा राष्ट्रीय निकुन्जले दुइ भागमा बाडेको छ। महाकाली सिचाइ प्रणाली प्रथम चरणको निर्माण कार्य १९८८ मा सम्पन्न भएको हो। यस चरण अन्नरगत कञ्चनपुर जिल्लाका भिमदत्त नगरपालीका र बेदकोट नगरपालीको ५१०० हेक्टर सिक्षीत क्षेत्रफल रहेको छ। प्रथम चरण अन्तरगत मुल नहर हेडवक्स देखी दैजी सम्म रहेको छ। हेडवक्स देखी कालीकिच सम्मको मुल नहरको लम्बाइ ३५।७५८ कि. मी.( बल्मा शाइफन सम्म २० .०५४ र बल्मा शाइफन देखी कालीकिच सम्म १५ .७०४ कि. मी.) र डिजाइन डिस्र्चाज १००० क्युसेक (२८ .३५ क्युमेक) रहेको छ । महाकाली सिचाइ प्रणाली द्धितीय चरणको निर्माण कार्य १९९७ मा सम्पन्न भयो। द्धितीय चरण अन्तरगत बेलडाडी गाउपालीका र बेलैरी नगरपालीको ६५०० हेक्टर सिचीत क्षेत्रफलमा यस प्रणाली द्धारा सिचाइ शुबिधा उपलब्ध भइरहेको छ। कालीकिचबाट मुल नहर दुइ तिर बाडिन्छ एक शिबनगर मुल शाखा नहर जसको लम्बाइ २१ .१२७, सिचीत क्षेत्रफल ३४०० हेक्टर र डिजाइन डिस्चार्ज ३ .४९ क्युमेक छ। अर्को बेलैरी मुल शाखा नहर (एम्३) जसको लम्बाइ १६ .२४३ कि. मी. ,सिचित क्षेत्रफल ३१०० हेक्टर र डिजाइन डिस्चार्ज ३ .५३ क्युमेक छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>