Samriddhipost
२०८३ असोज ०४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज ०४ गते आइतबार

बर्दिया स्थित महेन्द्र राजमार्गमा गुडिरहेको एउटा विद्युतीय सवारी साधन (ईभी) हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको छ । कोहलपुरबाट कैलालीको महेन्द्रनगर तर्फ जाँदै गरेको सु.प.प्र ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका-७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा बिहान करिब ६:५० बजे गुडिरहेको अवस्थामा उक्त ईभी हाइसमा एक्कासी आगो सल्किएको थियो । घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले भने, "कोहलपुरबाट कैलाली जाँदै गरेको ईभी हाइसमा गुड्दागुड्दै अचानक आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो । गाडीमा चालक र सहचालक मात्र रहेकाले कुनै मानवीय क्षति हुन पाएन ।"

उक्त गाडी कैलालीको धनगढी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । गाडीमा चालक र सहचालक बाहेक अन्य यात्रु नरहेकाले ठुलो दुर्घटना र मानवीय क्षति टरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि गाडीमा रहेका सवारी कागजात र नगद ४२,००० रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको छ । घटना लगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहायताले बिहान ८:०० बजे गाडीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नपुगेको र सडक नियमित नै रहेको बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>