Samriddhipost
२०८३ असोज १४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १४ गते बुधबार

ऐतिहासिक पुल ढलेको दिन, थप पिल्लर ढल्न सक्ने खतरा

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोडने महाकाली नदीमाथिको पुलको एक पिलर बुधबार बिहान ढलेको छ। 

एसियाकै दोस्रो लामो झोलुङ्गे पुल भनिएको यो पुल १५९८. ५२ मिटर लामो रहेको थियो । दोधारा चाँदनी क्षेत्र महाकाली नदीभन्दा पश्चिमपट्टि थियो। उक्त क्षेत्रमा प्रवेश गर्नका लागि वा उक्त क्षेत्रका मानिसले अरु नेपाली भागमा आउनुपर्दा भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता थियो। बीचमा करिब डेढ किलोमिटर चौडा महाकाली बग्दथ्यो । यो बाध्यता अन्त्य गर्नका लागि करिब २० वर्ष पहिला महाकाली नदीमा यति लामो झोलुङ्गे पुल निर्माण गरेर यो क्षेत्रमा साइकल मोटरसाइकल सहित यात्रा गर्न मिल्ने भएको थियो। 

आज यो पुल को एक पिल्लर क्षेत्रमा सबेरै बिहान उठेको देखिएको थियो यसको केही घण्टा पछाडि यो पुलको एउटा पिल्लर नै ढल्यो । योसँगै यो पुल भएर दैनिक यात्रा गर्ने थुप्रै मानिसहरूको यात्रा यो पुलबाट रोकिएको छ। सँगै इन्टरनेट सेवामा समेत समस्या आएको स्थानीयले बताएका छन्। यो पुलसँगै इन्टरनेटको लागि अप्टिकल फाइबर लाइन समेत रहेको र सो समेत चुडिएको छ । 

ढलेको पिल्लर पानीले धकेलिरहेको र अरु पिल्लरहरूलाई समेत ढलाउन सक्ने जोखिम रहेको प्रत्यक्ष दर्शीहरु बताउँछन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>