Samriddhipost
२०८३ असोज २६ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २६ गते सोमबार

सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विद्रोह चर्किएको छ। बजेटप्रति असन्तुष्ट नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि सरकार दबाबमा परेको छ। बजेट पारित गर्ने तयारीसहित बोलाइएको प्रदेशसभा बैठकसमेत अन्तिम समयमा स्थगित गरिएको छ।

प्रदेशसभा सचिवालयले आज बिहान ८ बजेका लागि बोलाएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारेको जनाएको छ।
बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि बढेको स्रोतको दाबी छ। सांसदहरू मात्रै होइन, केही मन्त्रीसमेत सरकारको बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ। आफ्नै दलका सांसदहरू बजेटको विपक्षमा उभिने चेतावनीमा पुगेपछि सरकारलाई बजेट पारित गराउन सकस परेको छ।
आजै बजेट पारित गराउने तयारीमा रहेको सरकारलाई सत्तापक्षकै सांसदहरूको विरोधले धक्का दिएको छ। बजेटको पक्षमा मत जुटाउनुपर्ने सरकार अहिले आफ्नै सांसदहरूलाई मनाउने र असन्तुष्टि थामथुम पार्ने दबाबमा परेको छ। यही विवादका कारण प्रदेशसभा बैठक स्थगित गर्नुपरेको स्रोतको भनाइ छ।
बजेट निर्माण प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेका छन्। अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालले बजेट निर्माणमा एकलौटी गरेको आरोप लागेको छ। पर्याप्त छलफल र परामर्शबिनै सीमित व्यक्तिले बजेटका निर्णय गरेको भन्दै सत्तारुढ पक्षकै सांसदहरू रुष्ट बनेका हुन्।
विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्। बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्दै जसरी भए पनि प्रदेशसभाबाट बजेट पारित गराउने विषयमा छलफल हुने बताइएको छ।
तर, सत्तारुढ दलभित्रकै असन्तुष्टि साम्य नभएसम्म बजेट पारित गर्ने बाटो सहज देखिएको छैन। आफ्नै सांसदको विरोध झेलिरहेको सरकारका लागि अबको चुनौती विपक्षीलाई होइन, आफ्नै पक्षलाई एक ठाउँमा उभ्याउनु बनेको छ।
बजेट पारित गराउनुपर्ने सरकार आफ्नै सांसदको विरोधमा घेरिएको छ। सत्ताभित्रको यो विवाद कहाँ पुगेर टुंगिन्छ र बजेट कहिले पारित हुन्छ भन्ने प्रश्न अहिले सुदूरपश्चिमको राजनीतिमा पेचिलो बनेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>