Samriddhipost
२०८३ असोज २६ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २६ गते सोमबार

जङ्गलमा नाङ्गै पारेर खुखुरीले धम्काउने पाँच युवा पक्राउ

युवकलाई नाङ्गै पारिएको छ। खुकुरी समातेका एक युवक ती युवकलाई धम्क्याउँदै कुटपिट गरिरहेका छन्।

सँगै अन्य युवकहरू पनि छन्। केही भिडियो खिचिरहेका छन् त केही कुटपिटमा संलग्न छन्।

कहिले घाँटीमा डोरी बाँधेर कुकुरझैँ भुक्न लगाउँदै तानिरहेका छन् त कहिले पालैपालो कुटपिट गरिरहेका छन्।

 

कुटपिटमा परेका ती युवक भने माफी माग्दै त्यस्तो नगर्न याचना गरिरहेका छन्।

जंगलमा खिचिएको उक्त भिडियोमा दिन र रातका दृश्य देखिन्छन्। युवकलाई नाङ्गै पारेर कुटपिट गरिएको दृश्यसहितको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती फैलिरहेको छ।

 

यो भिडियो कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित खजुवा जंगलको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटना असोज २४ गतेको हो।

 

बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय युवकलाई जंगलमा लगेर कुटपिट गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिवारी रहेका छन्।

प्रहरीका अनुसार युवकलाई जंगलमा लगेर खुकुरी देखाउँदै धम्की दिई कुटपिट गरिएको थियो।

 

घटनामा संलग्न पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>