Samriddhipost
२०८१ बैशाख १५ गते शनिबार
महेन्द्रनगर
२०८० चैत ११ गते आइतबार

आज तराई र पहाडमा हाेली, यसरी खेलिन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । समय र फुर्सद भएकाले परम्परा अनुसार केही दिन पहिला बाट नै हाेली खेलीरहेका छन ।
 वसन्त ऋतुको आगमनसँगै आपसी प्रेम, मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाउदै हाेलिका गितहरु गाएर खेलेरम नाउने परम्परा छ ।
यस पर्वका अवसरमा हाेली खेल्न गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ हाेली खेल्दै चिर जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
मुख्यतया फागुन शुक्ल अष्टमीका दिन चिर स्थापना गर्दै ध्वजापताकासाथ सिँगारी चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । 
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली  खेल्ने परम्परा चलेको मानिन्छ ।


#हाेली

प्रतिक्रिया