Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख १५ गते शनिबार

कृष्णपुरमा नयाँ तरिकाले काठ तस्करि हुँदै

कञ्चनपुरको कृष्णपुरमा काठ चोरी तस्करी अझै रोकिएको छैन । सामुदायिक, चुरे र लालझाडी मोहना सरक्षित वन भएको कृष्णपुरमा काठ तस्करले नयाँ नयाँ जुक्ति लगाएर काठ चोरी तस्करी एव ओसापसार गरिरहेका छन । हुनत काठ तस्करीमा सामुदायिक वनकै पदाधिकारी संलग्न भएका थुप्रै उदाहरण छन । 
काठ तस्करीमा सामुदायिक वनकै अध्यक्ष, सचिव सहितका पदाधिकारी पक्राउ परेर मुद्दा खेपिरहेका छन । तरपनि कृष्णपुरका वनमा काठ चोरी तस्करी रोकिएको छैन । 
फेरी वनको टोलीले बण्डनदीको वालुवामुनी काठ लुकाएको अवस्थामा बरामद गरेको छ ।
कृष्णपुर नगरपालिका १ बण्ड स्थित बण्ड नदी किनार बालुवामा लुकाईराखेको अवस्थामा चार सालका गोलिया बरामद गरेको हो । वनको टोलीले जिसिभि लगेर लुकाएको काठ निकालेको थियो । 
सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले नदीको वालुवामुनी लुकाईरहेको अवस्थामा चार सालका गोलिया बरामद गरिएको बताए ।
उनका अनुसार ३५क्युफिट अवैध काठ बरामद गरिएको छ । गत चैत्रमा जगजम्बा मयुर सामुदायिक वनका सचिव गोबिन्द पन्तको खेतबाट ६०क्युफिट काठ बरामद गरेको घटना सेलाउन नपाँउँदै सचिव पन्तकै खेत नजिक नदीमा लुकाईराखेको अवस्थामा उक्त काठ बरामद गरेको छ । काठ कसले कहाँबाट ल्याएको बारे अनुसन्धान भईरहेको सव डिभिजन वन कार्यालयले जनाएको छ ।
 उक्त काठ पनि जगदम्बा मयुर सामुदायिक वनबाटै चोरी तस्करी गरेर ल्याएको अथ्र्याएका छन । कृष्णपुरमा यसरी सरोकारवाला निकाय नै काठ तस्करीदेखि अवैध काठ बरामद हुन थालेपछि वन सरक्षणमा चिन्ता व्यक्त गरिएको छ ।
स्थानीयहरुले कृष्णपुरका यस अघि वैज्ञानिक सामुदायिक वनहरुबाट ठुलो परिमाणमा अवैध काठ कटानी भएर अवैध रुपमा बिक्रि वितरणका साथै अधिकाँस सामुदायिक वनमा गैर कानुनी चोरी तस्करी, वन फडानी गरेर रातीराती ट्रकमा कैलालीको तिर काठ तस्करी हुने गरेको भन्दै त्यसमा डिभिजन वन कार्यालयले वास्ता नराखेको गुनासो पोखिरहेका छन ।
तर, यस विषयमा वनका सरोकारवालाहरुले चासो नदिएपछि कृष्णपुरमा वन चोरी तस्करी निरन्तर भईरहेको जनाएका छन । काठ तस्कर र सामुदायिक वनको बेतिथि बिरुद्धमा वन कार्यालय समेत मौन बसेपछि कहिकतै वनका कर्मचारीको मिलोमतो त छैन भनेर स्थानीयले आशंका गरिरहेका छन । 


#काठ तस्करि

प्रतिक्रिया