Samriddhipost
२०८१ बैशाख १५ गते शनिबार
महेन्द्रनगर
२०८० चैत १५ गते बिहिबार

निर्वाचनकाे बर्ष भिमदत्तमा मेयर भन्दा उप मेयरकाे भ्रमण खर्च तीन गुणा बढी भ्रमणमा १० लाख सकियाे ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीले १० लाख बढी भ्रमण(यातायात ) खर्च गरेका छन् । भीमदत्त नगरपालिकाले क्रान्तिकारी युवा संगठन नेपाललाई मेयर उप मेयर १० लाख ४८ हजार ४ सय ६३ रुपैँया भ्रमणमा खर्च गरेको विवरण उपलब्ध गराएको छ ।
संगठनले एक महिना अघि सूचना हक सम्बन्धि ऐन अनुसार भ्रमण खर्च माग गर्दै नगरपालिका कार्यालयमा निवेदन दिएको थियो । नगरपालिकाले आर्थिक २०७८÷०७९, २०७९÷०८० र चालु आर्थिक वर्ष २०८०÷०८१ को विवरण उपलब्ध गराएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित मेयर उप मेयर २०७९ जेठमा पदभार ग्रहण गरेका थिए । उनीहरुले पदभागर सम्हालेको दुई वर्ष नपुग्दै १० लाख बढी भम्रणमा खर्च गेका छन् ।
चालु आर्थिक वर्षको हालसम्म मेयर उप मेयर तीन लाख ६३ हजार १ सय ६८ रुपैँया भ्रमण खर्च गरेका छन्। त्यसमा मेयर बोगटीले २ लाख २० हजार २ सय ७८ र उप मेर जोशीले १ लाख ४२ हजार ९ सय रुपैँया खर्च गरेका छन् ।
गत आर्थिक वर्षमा दुबैले ६ लाख ४८ हजार ५ सय ८५ रुपैँया खर्च गरेका छन् । त्यसमा मेयर बोगटीले ५ लाख १५ हजार १ सय ८५ रुपैँया खर्च गरेका छन् ।
अघिल्लो वर्षमा मेयर भन्दा उप मेयरले भ्रमणमा तीन गुणा बढी खर्च गरेकी छन् । मेयर बोगटीले ८ हजार ८सय खर्च गर्दा उप मेयर जोशीले २७ हजार ९ सय रुपैँया खर्च गरेकी छन् ।
भीमदत्त नगरपालिकामा बेलाबखत रकम  नभएर काम गर्न नसकिएकाे वा रकम अभाव छ भन्ने कुराहरु सुन्न आउने गरेका छन ।


#भीमदत्तमा भ्रमण खर्च

प्रतिक्रिया