महेन्द्रनगर - नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीका दामोदर भण्डारीलाई सर्वसम्मत चयन गरिने भएको छ । सोमबार ललितपुरस्थित सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्ट सहितका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले भण्डारीलाई प्रदेश अध्यक्ष बनाउने सहमति गरेको बताइएको छ ।
भण्डारी दुई पटक प्रतिनिधि सभा सदस्य, संघीय सरकारको अर्थराज्यमन्त्री र बैतडीमा १० वर्ष पार्टीको नेतृत्व समेत गरिसकेकोले प्रदेशको जिम्मेवारी दिइनु पर्ने बताइएको छ । भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए
१० औं महाधिवेशन लगत्तै प्रदेश अध्यक्ष बनाउने सहमति भएपछि भण्डारी यसपटक केन्द्रीय सदस्यको उम्मेदवार नहुने स्रोतले बताएको छ । सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १७ जना केन्द्रीय सदस्यमध्ये अधिकांशको सो बैठकमा उपस्थिति रहेको बताइएको छ ।
स्रोतका अनुसार सो बैठक बारे केन्द्रीय उपाध्यक्ष डा. भीमवबहादुर रावल र उहाँ निकट झपटबहादुर रावल र प्रकाशबहादुर शाह सहभागी थिएनन् ।
वर्तमान प्रदेश अध्यक्ष कर्ण थापा केन्द्रिय सचिव पदमा लड्ने भएपछि प्रदेश अध्यक्ष फेर्ने विषयमा छलफल भएको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया